साइबर ब्यूरो भन्छ- अनलाइनमा आउने रकम भुक्तानी तथा शेयर तालिमजस्ता ‘फिशिङ’ लिंकमा क्लिक नगर्नूस्, फसिएला!

  • Technology Khabar | २८ चैत्र २०८१, बिहीबार
साइबर ब्यूरो भन्छ- अनलाइनमा आउने रकम भुक्तानी तथा शेयर तालिमजस्ता ‘फिशिङ’ लिंकमा क्लिक नगर्नूस्, फसिएला!

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट आउने विभिन्न प्रकारका लिंकहरुमा क्लिक नगर्न सबैमा अनुरोध गरेको छ।

ब्यूरोले आज एक विज्ञप्ति प्रकाशित गरी ‘लोन भुक्तानी गर्ने, सेयर मार्केट सम्बन्धी तालीम लिन सकिने र सो का लागि उपलब्ध गराइएको लिंक मार्फत आवश्यक सफ्टवेयर (*.exe) फाइल इन्स्टल गर्नुपर्ने भनी Phishing लिङ्क पठाउने गरेको र केही बैंकिङ वालेटहरूका प्रयोगकर्ताहरूलाई “तपाईको खातामा असमान्य गतिविधिहरू देखिएकोले तल उल्लेख गरिएको लिङ्कमा क्लिक गरी खाता प्रमाणीकरण गर्नु पर्ने’ जस्ता सन्देश आउने गरेको अवगत गराएको छ।

ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले यसरी प्रमाणीकरण नगरेमा अस्थाइ रूपमा खाता सस्पेन्ड गरिने चेतावनी सहितको एसएमएस The Alert, AT Alert जस्ता शर्टकोड मार्फत पठाई अनलाइन ठगी बढिरहेको जानकारी दिए।

तसर्थ यस्ता लिङ्क क्लिक गरी आफ्नो विवरणहरू शेयर नगर्न तथा कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटप तथा अन्य स्मार्ट डिभाइसमा इन्स्टल नगर्न साइबर ब्यूरोको अनुरोध छ।

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार