सिग्नल स्क्यान्डल: ह्वाइट हाउसले दोष लगायो आईफोनको अटो सजेस्टेड कन्ट्याक्ट” लाई

Technology Khabar २७ चैत्र २०८१, बुधबार

काठमाडौं ।

ट्रम्प प्रशासनका अधिकारीहरूबीच यमनमा हवाई आक्रमणको योजना बारे भइरहेको सिग्नल समुह च्याटमा द एटलान्टिकका सम्पादक जेफ्री गोल्डबर्ग कसरी सामेल भए?

यसको सबैभन्दा सरल जवाफ: राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले गोल्डबर्गलाई फोनमा सम्पर्कको रूपमा सेभ गरेका थिए र गल्तीले उनलाई थपिदिए। सुरुमा वाल्जले गोल्डबर्गको नम्बर अरू सम्पर्कबाट “सकिएको” दाबी गर्दा गोल्डबर्गले व्यंग्यात्मक रूपमा भनेका थिए, “यो त द म्याट्रिक्स होइन।”

तर द गार्जियनका अनुसार व्हाइट हाउसको सूचना प्रविधि विभागले गरेको आन्तरिक अनुसन्धानले घटनामा अझ जटिल कुरा भएको निष्कर्ष निकालेको छ। अनुसन्धान अनुसार आईफोन को “अटो सजेशन” प्रणालीले यसमा मुख्य भूमिका खेलेको थियो।

गोल्डबर्गले एउटा समाचारबारे टिप्पणी माग्दै व्हाइट हाउसलाई इमेल गरेपछि ट्रम्प प्रवक्त्ता ब्रायन ह्युजेजले त्यो इमेलको सामग्री वाल्जलाई टेक्स्ट गरेका थिए। त्यसको परिणामस्वरूप वाल्जको आईफोनले गोल्डबर्गको नम्बर ह्युजेजको नाममा “कन्ट्याक्ट सजेशन अपडेट” गरेर सुरक्षित गर्‍यो।

पछि जब वाल्जले ह्युजेजलाई सिग्नल च्याटमा एड गर्ने प्रयासमा उनले थाहै नपाई गोल्डबर्ग लाई थपे। गोल्डबर्गले भने, “माइक वाल्जसँग मेरो सम्बन्धबारे म टिप्पणी गर्न चाहन्न, तर म उनलाई चिन्छु र उहाँसँग कुरा गरेको छु भन्ने कुरा भने भन्न सक्छु।”

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया