हुन्डाईको नयाँ प्रविधि ‘प्लेयोस’को अनावरण

  • Technology Khabar | २३ चैत्र २०८१, शनिबार
हुन्डाईको नयाँ प्रविधि ‘प्लेयोस’को अनावरण

काठमाडौं ।

सियोलमा भएको विकासकर्ता सम्मेलनमा आफ्नो नयाँ अपरेटिङ सिस्टम र प्रविधि प्लेटफर्म ‘प्लेयोस’ को अनावरणसँगै हुन्डाई मोटर ग्रुपले यसको नयाँ मोबिलिटी सफ्टवेयर ब्रान्ड र प्रविधि प्लेटफर्मले कोरियाली अटोमोटिभ जायन्टलाई नियमित कार निर्माता मात्र नभएर त्यो भन्दा पनि धेरै ठूलो चीजमा रूपान्तरण गर्ने घोषणा गरेको छ।

ग्रीक शब्द “प्लेयो” बाट आएको प्लेयोसको अर्थ बढी धेरै भन्ने हुन्छ भने “ओएस”को अर्थ अपरेटिङ सिस्टम हो। हुन्डाईले सन् २०२३ देखि सफ्टवेयर–डिफाइण्ड भेहिकल्स(एसडीभीहरू) विकास गर्दै आएको छ।

हुन्डाई र कियाको एडभान्स्ड भेहिकल प्लेटफर्म (एभीपी) विभागका अध्यक्ष र प्रमुख चाङ सोङका अनुसार, प्लेयोसले पूर्ण रूपमा नयाँ सफ्टवेयर–आधारित गतिशीलता अनुभवको लागि वाचा गरेको बताएका छन्।

प्लेयोसले इन्फोटेनमेन्ट प्रणाली (प्लेयोस कनेक्ट), भेहिकल (सवारी साधन) अपरेटिङ सिस्टम (ओएस) र क्लाउड पूर्वाधारबाट सबै कुरा एकीकृत गर्ने छ।

यो नयाँ हुन्डाई प्रविधि इकोसिस्टमले एडभान्स्ड स्मार्ट फङ्गसनहरू, अप्टिमाइज्ड रुट प्लानिङ, रियल–टाइम डाटा विश्लेषण र अटोनोमस ड्राइभिङ ल्याउने छ।

प्लेटफर्ममा हुन्डाईको नयाँ इलेक्ट्रिकल र इलेक्ट्रोनिक (ई एन्ड ई) आर्किटेक्चर, सवारी साधनहरूको लागि आन्तरिक अपरेटिङ सिस्टम र अर्को पुस्ताको इन्फोटेनमेन्ट प्रणाली ‘प्लेयोस कनेक्ट’ समावेश छन्।

प्लेओस कनेक्ट प्रणाली एन्ड्रोइडमा आधारित छ र यसमा मल्टि–विन्डो फङ्गसनहरू र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भ्वाइस असिस्टेन्ट जस्ता सुविधाहरू समावेश छन्।

प्लेओस कनेक्ट भएको पहिलो गाडी सन् २०२६ को दोस्रो त्रैमासिकमा बजारमा आउने अपेक्षा गरिएको छ। सन् २०३० सम्ममा, हुन्डाई मोटर ग्रुप (किया र जेनेसिस सहित) ले २ करोडभन्दा बढी सवारी साधनहरू यो एडभान्स्ड (उन्नत) इन्फोटेनमेन्ट प्रणालीले सुसज्जित गर्ने लक्ष्य राखेको छ।

टेस्लाबाट प्रेरित/आधारित यो प्रणालीमा ठूलो केन्द्रीय डिस्प्ले हुनेछ भने यसमा थप फङ्गसनल बटनहरू (डिस्प्ले मुनि), गियरहरू परिवर्तन गर्नको लागि छुट्टै मोड्युल, आदि पनि हुनेछन्। सन् २०२७ सम्ममा, हुन्डाईले लेभल २+ ड्राइभिङ अटोनोमस लागू गर्ने योजना बनाएको छ।

हुन्डाईले आफ्नो प्रविधिलाई अझ सुधार गर्न सामसङ इलेक्ट्रोनिक्स, गुगल, नाभर, आदि जस्ता विश्वव्यापी साझेदारहरूसँग सहकार्य गरेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • २३ चैत्र २०८१, शनिबार