
काठमाडौं ।
इन्टेल र टीएसएमसी संयुक्त रूपमा चिप निर्माण कम्पनी स्थापना गर्न सहकार्य गर्ने भएका छन्। द इन्फर्मेशनका अनुसार, यी दुई सेमिकन्डक्टर कम्पनीहरूले संयुक्त रूपमा इन्टेलका चिप निर्माण केन्द्रहरू सञ्चालन गर्न प्रारम्भिक सम्झौता गरेका छन्। टीएसएमसीले नयाँ संयुक्त उद्यममा २० प्रतिशत हिस्सेदारी राख्ने बताइएको छ।
तर टीएसएमसीले आफ्ना हिस्साका लागि वित्तीय लगानी गर्नेभन्दा पनि, आफ्ना चिप निर्माण प्रविधिहरू साझा गर्ने र इन्टेल का कर्मचारीहरूलाई प्रशिक्षण दिने योजना बनाएको छ।
रिपोर्टका अनुसार, ट्रम्प प्रशासनले इन्टेललाई पुनःउत्थान गर्न मद्दत पुर्याउने उद्देश्यले यी छलफलहरू अघि बढाएको थियो। इन्टेलका अधिकारीहरू सामूहिक बर्खास्तीको चिन्तामा रहेका टेकक्रञ्चले उल्लेख गरेको छ।
यो घटनाक्रम लिप बु टानलाई इन्टेलको नयाँ सीईओ नियुक्त गरिएको करिब एक महिना पछि आएको हो। सीईओ नियुक्त हुँदा उनले कम्पनीमा व्यापक परिवर्तन ल्याउने योजना बनाएको खबर सार्वजनिक भएको थियो।
टीएसएमसीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
प्रकाशित: २३ चैत्र २०८१, शनिबार