ह्वाइट हाउस टिकटकको बारेमा छलफल गर्न बैठक बस्ने

  • Technology Khabar | २१ चैत्र २०८१, बिहीबार
ह्वाइट हाउस टिकटकको बारेमा छलफल गर्न बैठक बस्ने

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार टिकटकको बारेमा अन्तिम योजना हेर्ने ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्। ट्रम्पले टिकटकको भविष्यको बारेमा निर्णय गर्ने अन्तिम प्रस्तावमा विचार गर्ने तयारी गरिरहेका उल्लेख छ।

टिकटकलाई गैर–चिनियाँ खरिदकर्ता खोज्ने वा अमेरिकी प्रतिबन्धको सामना गर्नलाई समयसीमा तोकिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स, वाणिज्य सचिव हावर्ड लुटनिक, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र राष्ट्रिय गुप्तचर निर्देशक तुलसी ग्याबार्डसँग बुधबार ओभल अफिसमा यस विषयमा छलफल हुने सीबीएस न्यूजको रिपोर्ट पुष्टि गर्दै अधिकारीले बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

गत आइतबार, ट्रम्पले १७ करोड भन्दा बढी अमेरिकीहरूले प्रयोग गर्ने सर्ट–फर्म भिडियो एप बेच्न बाइटडान्ससँग सम्झौता शनिबारको समयसीमा अघि हुने बताए थिए।

त्यसैगरी ट्रम्पले बुधबार हुने “लिबरेसन डे” मा विश्वव्यापी शुल्क घोषणा गर्ने तयारी गरिरहेका छन्।

गत हप्ता, उनले टिकटकमा सम्झौता पूरा गर्न चीनको लागि शुल्क घटाउन इच्छुक रहेको बताएका थिए।

ट्रम्पले जनवरीमा टिकटकलाई गैर–चिनियाँ खरिदकर्ता खोज्ने वा राष्ट्रिय सुरक्षाको आधारमा अमेरिकी प्रतिबन्धको सामना गर्ने समयसीमा तोकेका थिए जुन सन् २०२४ को कानून अन्तर्गत त्यो महिना लागू हुने थियो।

प्रकाशित: २१ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...