Technology Khabar १५ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
गत हप्ता, सामसङले सवारी साधनहरूको लागि आफ्नो एक्सिनोस अटो यूए१०० यूडब्लूबी चिपको घोषणा गरेको थियो। कम्पनीले अब यूडब्लूबी कनेक्टिभिटीको अतिरिक्त केही उन्नत सुविधाहरू सहितको थप उन्नत एक्सिनोस अटो यूए२०० संस्करणको अनावरण गरेको छ।
एक्सिनोस अटो यूए२०० समूहको सेमिकन्डक्टर डिभिजन सामसङ एलएसआईद्वारा निर्मित चिप हो। यसले अल्ट्रा–वाइडब्यान्ड कनेक्टिभिटी, सटीक दूरी मापन र उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ। चिपमा उपलब्ध सेन्टिमिटर–लेभल एक्यूरेसीले तपाईंको कारको कि फोबलाई धेरै सटिक र सही रूपमा फेला पार्न वा पत्ता लगाउन सक्छ।
यस बाहेक चिपमा रहेको रडार फङ्गसनले चालकको श्वासप्रश्वास दर निगरानी गर्न सक्ने र चाइल्ड प्रिजेन्स डिटेक्सन (सीपीडी) लाई समर्थन गर्ने उल्लेख गरिएको छ। त्यसैगरी सीपीडी सन् २०२५ देखि युरोपमा अनिवार्य सुविधा बनेको उल्लेख छ।
सिलिकनले सिग्नलको टाइम डाटा इन्क्रिप्ट गर्ने स्क्र्याम्बल्ड टाइमस्ट्याम्प सिक्वेन्स (एसटीएस) प्रयोग गरेर सबै जानकारी सुरक्षित रूपमा ह्यान्डल गर्दछ। यसले लोअर–टियर एक्सिनोस अटो यूए१०० मा भएका दुईवटाको सट्टा छवटासम्म च्यानलहरूलाई समर्थन गर्दछ। यूए२०० मा रहेको स्पेक्सहरुमा ३ह कोर्टेक्स–एम३३ माइक्रोकन्ट्रोलर्स, बेसब्यान्ड ब्लक, रेडियो फ्रिक्वेन्सी ब्लक, एनभीएम स्टोरेज र पावर म्यानेजमेन्ट युनिटका साथै २एमबी ईफ्ल्यास स्टोरेज रहेका छन्।
नयाँ हार्डवेयर पहिले नै ग्राहकहरूलाई उपलब्ध गराइएको हुनाले यसलाई भविष्यका कारहरूमा चाँडै लागू भएको देख्न पाउनेछौं भनि एरेनाईभीले उल्लेख गरेको छ।
प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार