टाढाको आकाशगंगामा अक्सिजन फेला पर्योः हाम्रो आकाशगंगा कसरी विकसित भयो भन्ने बारे यसले उत्तरहरू प्रदान गर्न सक्ने

  • Technology Khabar | १५ चैत्र २०८१, शुक्रबार
टाढाको आकाशगंगामा अक्सिजन फेला पर्योः हाम्रो आकाशगंगा कसरी विकसित भयो भन्ने बारे यसले उत्तरहरू प्रदान गर्न सक्ने
सबैभन्दा टाढाको ज्ञात आकाशगंगाको रुपमा हालको रेकर्ड होल्डर रहेको JADES-GS-z14-0 आकाशगंगा। यो नासा को जेम्स वेब स्पेस टेलिस्कोप प्रयोग गरेर पत्ता लगाइएको थियो।

काठमाडौं ।

भर्खरै टाढाको आकाशगंगामा अक्सिजन फेला परेको छ र यसले हाम्रो आकाशगंगा कसरी विकसित भयो भन्ने बारे उत्तरहरू प्रदान गर्न सक्ने उल्लेख गरिएको छ। यो आकाशगंगा पृथ्वीबाट १३.४ अर्ब प्रकाशवर्ष टाढा रहेको बताइएको छ।

वैज्ञानिकहरूले सबैभन्दा टाढाको ज्ञात आकाशगंगामा अक्सिजन र अन्य भारी धातुहरू फेला परेको भन्दै आश्चर्यजनक खोजको घोषणा गरेका हुन्।

जेएडीईएस–जीएस–जेड१४–० (JADES-GS-z14-0) भनेर चिनिने यो आकाशगंगा पृथ्वीबाट १३.४ अर्ब प्रकाश वर्ष टाढा रहेको छ। यो आकाशगंगा गत वर्ष मात्र नासाको जेम्स वेब स्पेस टेलिस्कोप प्रयोग गरेर पत्ता लागेको थियो।

“जेएडीईएस–जीएस–जेड१४–० (JADES-GS-z14-0) मा अक्सिजनको यो स्पष्ट पहिचानबाट म साँच्चै छक्क परें” युरोपियन साउदर्न अजर्भेटरीको युरोपियन एएलएमए रिजनल सेन्टर (क्षेत्रीय केन्द्र) का खगोलविद् गेर्गो पपिङले एक विज्ञप्तिमा भने। “यसले पहिले सोचेको भन्दा बिग ब्याङ पछि आकाशगंगाहरू छिटो बन्न सक्छन् भन्ने सुझाव दिन्छ” भनि पपिङले उल्लेख गरेको र उनले अनुसन्धानमा भाग नलिएका बताइएको छ।

खगोलविद्हरूको दुई फरक टोलीद्वारा गरिएका दुई छुट्टाछुट्टै अध्ययनहरूमा यो निष्कर्ष निकालिएको बताइएको छ। यसले वैज्ञानिकहरूलाई आकाशगंगाको दूरी मापन सुधार गर्न साघाउने भएको छ।

तिनीहरूले एटाकामा लार्ज मिलिमिटर/सब–मिलिमिटर एरे प्रयोग गरेको बताइएको छ जुन चिलीको मरुभूमिमा दर्जनौं रेडियो टेलिस्कोपहरूको समूहमा भएको र अस्तित्वमा रहेको सबैभन्दा ठूलो खगोलीय परियोजना भएको बताइएको छ।

तस्बिरहरूले ब्रह्माण्ड ३० करोड वर्षभन्दा कम पुरानो हुँदा आकाशगंगालाई त्यस्तै देखाउँछन्, जुन यसको वर्तमान उमेरको लगभग २ प्रतिशत मात्र हो भनि अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।

त्यहाँ अक्सिजन भेटिएपछि खगोलविद्हरूले आकाशगंगा अपेक्षा गरिएको भन्दा धेरै रासायनिक रूपमा परिपक्व भएको बताउँछन्। यो भारी तत्वहरूले भरिएको आकाशगंगाहरूमा परिपक्व हुनका लागि यसको उमेर अझै धेरै सानो भएको भनि अनुसन्धानकर्ताहरूले सोचेको बताइएको छ। तर यसमा उनीहरूले अनुमान गरेको भन्दा लगभग १० गुणा बढी भारी तत्वहरू भएको उल्लेख गरिएको छ।

आकाशगंगाहरूले सामान्यतया आफ्नो जीवन युवा ताराहरूबाट सुरु गर्छन्, जुन प्रायः हल्का तत्वहरूबाट बनेका हुन्छन् भने जसमा हाइड्रोजन र हेलियम समावेश रहेका हुन्छन्। तिनीहरू विकसित हुँदै जाँदा, ताराहरूले भारी तत्वहरू सिर्जना गर्छन् जुन तिनीहरूको मृत्यु पछि तिनीहरूको होस्ट आकाशगंगा मार्फत पठाइन्छ भनि इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

“यो त्यस्तो एउटा किशोरावस्था खोज्नु जस्तै हो जहाँ तपाईंले बच्चाहरू मात्र भेट्टाउनु हुनेछ” द एस्ट्रोफिजिकल जर्नलमा प्रकाशनको लागि स्वीकृत गरिएको अध्ययनका पहिलो लेखक स्यान्डर स्काउजले भने। “नतिजाहरूले आकाशगंगा धेरै छिटो बनिरहेको र छिटो तवरमा परिपक्व पनि भइरहेको देखाउँछन्, जसले आकाशगंगाहरूको गठन अपेक्षा गरिएको भन्दा धेरै छिटो हुन्छ भन्ने प्रमाणको बढ्दो समूहलाई थप्छ” भनि स्काउजले थप उल्लेख गरे।

“अप्रत्याशित नतिजाहरूबाट म छक्क परें किनभने तिनीहरूले आकाशगंगा विकासको पहिलो चरणहरूको लागि नयाँ दृष्टिकोण प्रदान गरेका छन्” एस्ट्रोनमी एण्ड एस्ट्रोफिजिक्समा प्रकाशनको लागि स्वीकृत गरिएको दोस्रो पत्रका प्रमुख लेखक स्कुओला नर्मले सुपीरियोरका स्टेफानो कार्नियानीले भने। “शिशु ब्रह्माण्डमा आकाशगंगा पहिले नै परिपक्व भएको प्रमाणले आकाशगंगाहरू कहिले र कसरी बन्यो भन्ने बारेमा प्रश्नहरू उठाउँछ” भनि उनले बताएको इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार