Technology Khabar ११ चैत्र २०८१, सोमबार
काठमाडौं ।
मोटोरोलाले एज र रेजर सिरिजका नयाँ फोन मोडेलहरूमा काम गरिरहेको पहिले नै थाहा भइसकेको छ भने ती मध्ये कम्तिमा एउटा आधिकारिक रूपमा चाँडै नै प्रस्तुत गरिने भएको छ।
लेनोभोको स्वामित्वमा रहेको कम्पनीले आफ्नो “सबैभन्दा टिकाउ एज फोन” को पहिचान गोप्य राख्ने प्रयास गरिरहेको बताइएको छ। रहस्यमा रहेको उक्त फोन मोटोरोला एज ६० फ्युजन भएको र आगामी हप्ताहरूमा सार्वजनिक हुनुपर्छ भनि खुलासा गरिएको छ।
हालै सार्वजनिक गरिएको जानकारीले यो मोडेल पानी प्रतिरोधी हुने संकेत गरेको टेलिग्राफ रिपोर्ट गर्दछ।
मोटोरोला एज ६० फ्युजन मोडेलको मूल्यको बारेमा भने अझै थाहा नभएको र यो प्रिमियम फोन भन्दा धेरै किफायती हुनेछ भनेर अनुमान गर्न सकिने बताइएको छ।
यस बाहेक एज ६० फ्युजनमा हार्ड सफेर्सहरूमा ड्रप र भाइब्रेसनहरूको प्रतिरोधको लागि सैन्य प्रमाणीकरण हुने सम्भवनाको पनि उल्लेख गरिएको छ। मोटोरोलाले भने यस बारे आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताइएको छ।
त्यसैगरी “सबैभन्दा टिकाउ एज फोन” भन्ने यसको नाराले यो डिभाइस शक्तिशाली हुनेछ भन्ने कुरामा स्पष्ट रूपमा संकेत गरेको बताइएको छ।
फोनले “सेगमेन्टमा सबैभन्दा राम्रो एआई एक्सपिरियन्स” प्रदान गर्नेछ भन्ने कुरामा निर्माता निश्चित भएको बताइएको छ भने कर्भ स्क्रिनले “१०० प्रतिशत अथेन्टिक कलर्स” प्रदर्शन गर्न सक्षम हुनेछ भनि टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ११ चैत्र २०८१, सोमबार