गुगलले गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्दै

  • Technology Khabar | ४ चैत्र २०८१, सोमबार
गुगलले गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्दै

काठमाडौं ।

गुगलले यस वर्षको उत्तरार्धमा एन्ड्रोइड फोनहरूमा गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्ने भएको कम्पनीले घोषणा गरेको छ।

यस वर्षको उत्तरार्धमा असिस्टेन्ट अब धेरैजसो मोबाइल डिभाइसहरूमा वा एप स्टोरहरूमा पहुँचयोग्य हुनेछैन भन्ने घोषणा गरिएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

“यसका साथै, हामी तपाईंको फोनमा जडान हुने ट्याब्लेट र डिभाइसहरू, जस्तै हेडफोन र वाचहरू सुधार गर्नेछौं” कम्पनीले थप उल्लेख गरेको छ।

“हामी स्पिकर, डिस्प्ले र टिभी जस्ता घरेलु डिभाइसहरूमा पनि जेमिनीद्वारा संचालित नयाँ अनुभव पनि ल्याइरहेका छौं” गुगलले थपेको छ।

आगामी महिनाहरूमा कम्पनीले प्रयोगकर्ताहरूसँग थप विवरणहरू साझा गर्ने र त्यतिन्जेलसम्म, असिस्टेन्टले माथि उल्लिखित डिभाइसहरूमा काम गर्न जारी राख्ने रिपोर्ट गरिएको छ।

विशेष गरी गुगलले जेमिनीलाई पूर्वनिर्धारित भर्चुअल असिस्टेन्टको रूपमा राखेर आफ्नो पिक्सेल ९ लाइनका फोनहरू लन्च गरेको कुरालाई विचार गर्दा जेमिनीको पक्षमा असिस्टेन्ट हटाउने कदम आश्चर्यजनक नभएको बताइएको छ।

जेमिनीसँग असिस्टेन्ट भन्दा बढी उन्नत क्षमताहरू छन् (कम्तिमा सिद्धान्तमा) र जेमिनी लाइभ र डीप रिसर्च जस्ता उटुल्सहरू मार्फत विषयहरूमा मद्दत र जानकारी प्राप्त गर्ने नयाँ तरिकाहरू प्रदान गर्दछ भनि गुगलले बताएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...