Technology Khabar ३ चैत्र २०८१, आईतवार
काठमाडौं ।
एन्ड्रोइडको लागि च्याटजीपीटी एपको पछिल्लो बिटा अपडेटको साथ, ओपनएआई–विकसित च्याटबटले अब एन्ड्रोइडमा डिफल्ट (पूर्वनिर्धारित) डिजिटल एसिस्टेन्टको रूपमा जेमिनीलाई प्रतिस्थापन गर्न सक्ने भएको छ।
होम बटनलाई लामो समयसम्म थिचेर (थ्री–बटन नेभिगेसन बार प्रयोग गरेर) वा तलको कुनाबाट माथि स्वाइप गरेर (गेस्चर नेभिगेसन प्रयोग गरेर) च्याटजीपीटीलाई इभोक गर्न सकिने छ। साथै उक्त सेटिङ सक्षम गरिएको खण्डमा यसलाई माथि ल्याउनको लागि पावर बटनलाई लामो समयसम्म थिच्न पनि सकिने बताइएको छ।
यी विधिहरू प्रयोग गरेर च्याटजीपीटी चलाएमा यसले स्वचालित रूपमा यो भ्वाइस मोडमा सुरु हुनेछ। च्याटजीपीटी सुरु गर्नको लागि (जेमिनीको लागि “हे, गुगल” भने जस्तै) हटवर्ड भने प्रयोग गर्न नसकिने बताइएको छ र त्यसका लागि केही विशेषाधिकार प्राप्त एपीआई हरूमा पहुँच आवश्यक पर्दछ जुन केवल विश्वसनीय, पूर्व–स्थापित एपहरूमा उपलब्ध छन्।
जीएसएमएरिनाका अनुसार यो बिटाबाट बाहिर आउन कति समय लाग्छ भन्ने बारेमा कुनै स्पष्ट जानकारी उपलब्ध नभएको बताइएको छ। त्यसैले यदि एन्ड्रोइडको लागि च्याटजीपीटी एपको बिटा संस्करण प्रयोग गरिरहनुभएको छैन भने, जेमिनीको सट्टा च्याटजीपीटी प्रयोग गर्न अझै केही समय पर्खनु पर्ने हुनसक्छ।
प्रकाशित: ३ चैत्र २०८१, आईतवार