अवैध अन्तराष्ट्रिय कल बाइपास गर्ने व्यक्ति उपकरणहरु सहित पक्राऊ

  • Technology Khabar | १ चैत्र २०८१, शुक्रबार
अवैध अन्तराष्ट्रिय कल बाइपास गर्ने व्यक्ति उपकरणहरु सहित पक्राऊ

काठमाडौं ।

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तराष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चा गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका वडा नं. २० स्थायी ठेगाना भई हाल बिरगञ्ज महानगरपालिका वडा नं. ३०, लालपर्सा बस्दै आएका १९ वर्षीय धीरज पटेल रहेका सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी सुधिर राज शाशीले जानकारी दिए।

यस प्रकारको अनधिकृत सेवा सञ्चालन भइरहेको गोप्य सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रा.लि. समेतको प्राविधिक सहयोग र समन्वयमा यस ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राऊ गरेको हो।

बिरगञ्ज महानगरपालिका वडा नं. ३० स्थित लालपर्सा भन्ने ठाउँमा अमिरका पटेलको १ तल्ले घर र जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ स्थित अनुज कुमार सराफको २ तल्ले घरको दोस्रो तल्लाको एक कोठामा इन्टरनेट प्रयोग गरी कल बाईपास गर्ने विभिन्न उपकरणहरु सहित कल बाईपास गरिरहेको अवस्थामा पटेललाई पक्राउ गरी दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट दिन ७ को म्याद थप भई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

पक्राऊ परेका पटेलको साथबाट भीओआईपी गेटवे ३२ पोर्टको २ थान, भीऔआईपी गेटवे १८ पोर्टको १ थान, एनसेल कम्पनीको सिम कार्ड १४ थान, राउटर ४ थान, ल्यापटप २ थान, ब्याट्री २ थान, इन्भर्टर २ थान, कनेक्टर १ थान, मोबाइल १ थान र ३२ जीबीकव पेनड्राइभ १ थान पनि प्रहरीले बरामद गरेको छ।

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • १ चैत्र २०८१, शुक्रबार

Toyota global output falls 5.5 pct in November

  • १ चैत्र २०८१, शुक्रबार

China’s high-speed rail network passes 50,000km mark

  • १ चैत्र २०८१, शुक्रबार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • १ चैत्र २०८१, शुक्रबार