नेपालमा उन्नत ड्रोन तालिम परियोजनाका लागि भारतीय कम्पनी ड्रोन आचार्यले पायो ७४ लाख रुपैयाँको ठेक्का

  • Technology Khabar | १ चैत्र २०८१, शुक्रबार
नेपालमा उन्नत ड्रोन तालिम परियोजनाका लागि भारतीय कम्पनी ड्रोन आचार्यले पायो ७४ लाख रुपैयाँको ठेक्का

काठमाडौं ।

भारतान सूचीबद्ध ड्रोन प्रविधि कम्पनी ड्रोन आचार्यले नेपालमा उन्नत ड्रोन तालिममा केन्द्रित हुने ६ महिनाको “नेपाल ड्रोन इकोसिस्टम एक्सेलेरेसन कार्यक्रम” अन्तर्गत परामर्शदाता कम्पनी ईवाईबाट ७४ रूपैयाँको परियोजना हात पारेको छ।

ड्रोन आचार्य भारतमा ड्रोन आचार्य एरियल इनोभेशन्सका नामले सूचीकृत कम्पनी हो र नेपालमा ड्रोनसम्बन्धी यो परियोजनाको लागि उक्त कम्पनीले ४६.२५ लाख भारु (नेरु ७४ लाख) को ठेक्का पाएको हो।

ड्रोन आचार्यले एक्सचेन्ज फाइलिङमा भनेअनुसार, विश्व बैंकद्वारा अघि सारिएको यो परियोजनाले नेपालमा पूर्वाधार विकास, विपद् व्यवस्थापन, सुरक्षा, र सटीक कृषि जस्ता महत्वपूर्ण कार्यहरूका लागि ड्रोन प्रविधिको प्रयोगलाई तीव्र बनाउन लक्ष्य राखेको छ।

ड्रोन प्रविधि कम्पनीका अनुसार, परामर्शदाता कम्पनी ईवाईले विश्व बैंकबाट ठेक्का हासिल गरी आफ्ना साझेदारहरूलाई उक्त परियोजना उप-ठेक्का दिएको हो। ड्रोन आचार्य बाहेक, यस परियोजनाका लागि ईवाईले आईआईटी रोपड़सँग पनि साझेदारी गरेको छ।

“यो सहकार्यले परामर्श, शैक्षिक संस्था, र प्राविधिक प्रशिक्षणमा विशेषज्ञता संयोजन गरी इकोसिस्टम विश्लेषण, अन्तराल पहिचान, मोडेल विकास, र उन्नत ड्रोन तालिममा केन्द्रित व्यापक कार्यक्रम सञ्चालन गर्न मद्दत गर्नेछ,” ड्रोन आचार्यले भनेको छ।

यो विकास ड्रोन आचार्यले आफ्नो बहुउद्देश्यीय ड्रोन, एग्रिवीरका लागि भारतीय नागरिक उड्डयन महानिर्देशालय (डीजीसीए) बाट टाइप प्रमाणीकरण प्राप्त गरेको दुई हप्ताभित्र भएको भारतीय सञ्चार संस्था आईएनसी४२ ले जनाएको छ।

कम्पनीले यस चालु वर्षमा पनि धेरै नयाँ सम्झौता हात पारेको छ। जनवरीमा, उसले भारतीय सेना, रक्षा मन्त्रालय, र टाटा कम्युनिकेसन्सबाट नयाँ सम्झौता हासिल गरेको थियो।

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • १ चैत्र २०८१, शुक्रबार

Toyota global output falls 5.5 pct in November

  • १ चैत्र २०८१, शुक्रबार

China’s high-speed rail network passes 50,000km mark

  • १ चैत्र २०८१, शुक्रबार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • १ चैत्र २०८१, शुक्रबार