मिलेमतोको आरोपमा कोरियाली अपरेटरहरूलाई करिब ७ करोड ९० लाख डलर जरिवाना

Technology Khabar १ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

दक्षिण कोरियाली अपरेटरहरूलाई कथित मिलेमतोको लागि ११४ अर्ब कोरियाली वोन (७८.५५ मिलियन अमेरिकी डलर) जरिवाना लगाइएको छ।

नोभेम्बर २०१५ देखि सेप्टेम्बर २०२२ सम्म मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) प्रवृत्ति नियन्त्रण गर्न मिलोमतो गरेको ठहर गर्दै दक्षिण कोरियाको फेयर ट्रेड कमिसन (एफटीसी) ले एसके टेलिकम (एसकेटी), कोरिया टेलिकम (केटी) र एलजी यूप्लसलाई ११४ अर्ब वोन जरिवाना लगाएको हो।

एन्टिट्रस्ट नियामकका अनुसार, कुनै एक क्यारियरले अत्यधिक ग्राहक लाभ वा नोक्सान रोक्नको लागि अपरेटरहरूले एमएनपी तथ्याङ्कहरू समन्वय गरेका थिए।

उनीहरुले एक अपरेटरबाट अर्को अपरेटरमा स्विच गर्ने ग्राहकहरूको संख्या नियन्त्रण गर्न बिक्री प्रोत्साहनहरूमा हेरफेर गर्न मिलोमतो गरेको आरोप लगाईएको छ।

एसकेटीले ४२.७ अर्ब ओन जरिवाना पाएको छ भने केटी र एलजी यूप्लसलाई ३३ अर्ब र ३८.३ अर्ब कोरियाली वोन तिर्न आदेश दिइएको छ।

कोरियाली एफटीसीले नोभेम्बर २०१५ देखि सेप्टेम्बर २०२२ बीचको उतारचढावबाट बच्न अपरेटरहरूले दैनिक आधारमा खुद वृद्धि र घट्ने अनुगमन गर्न समन्वय गरेको आरोप लगाएको छ।

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया