माइक्रोसफ्टले एआई मोडेलहरू विकास गर्दै, ओपनएआईसँग प्रतिस्पर्धा गर्ने

  • Technology Khabar | २७ फाल्गुन २०८१, मंगलवार
माइक्रोसफ्टले एआई मोडेलहरू विकास गर्दै, ओपनएआईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं ।

वाशिंगटनमा आधारित कम्पनी र ओपनएआईको प्रमुख समर्थक रेडमन्डले कोपाइलटमा ओपनएआईको सम्भावित प्रतिस्थापनको रूपमा एक्सएआई, मेटा र डीपसिकबाट मोडेलहरूको परीक्षण सुरु गरेको रिपोर्टले उल्लेख गरेको छ।

माइक्रोसफ्टले च्याटजीपीटीमा आफ्नो निर्भरता कम गर्न खोजेको बताइएको छ भने स्टार्टअपसँगको यसको प्रारम्भिक साझेदारीले यसलाई आकर्षक एआई दौडमा खन्य कम्पनीहरू बीच अग्रणी स्थानमा राखेको उल्लेख छ।

कम्पनीले आफ्नो प्रमुख एआई प्रोडक्ट माइक्रोसफ्ट ३६५ कोपाइलटलाई शक्ति दिन आन्तरिक र तेस्रो–पक्ष एआई मोडेलहरू थप्ने काम गरिरहेको छ भनि रोयटर्सले डिसेम्बरमा रिपोर्ट गरेको थियो।

माइक्रोसफ्टले सन् २०२३ मा घोषणा गरेको ३६५ कोपाइलटको बिक्रीको एउटा प्रमुख बन्दु भनेको ओपनएआईको जीपीटी–४ मोडेलको प्रयोग थियो।

मुस्तफा सुलेमानको नेतृत्वमा माइक्रोसफ्टको एआई डिभिजनले ओपनएआईबाट लगभग राम्रो प्रदर्शन गर्ने धेरै मोडेलहरूको प्रशिक्षण पूरा गरेको द इन्फर्मेसनले रिपोर्ट गरेको छ।

त्यसैगरी टोलीले रिजनिङ मोडेलहरूलाई पनि प्रशिक्षण दिइरहेको बताइएको छ जसले विचार प्रविधिहरूको श्रृंखला प्रयोग गर्दछ भने यो रिजनिङ (तर्क) प्रक्रियाले जटिल समस्याहरू समाधान गर्दा रिजनिङ (तर्क) कौशलको साथ उत्तरहरू उत्पन्न गर्ने र ओपनएआईसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरिएको छ।

कम्पनीले यस वर्षको अन्त्यतिर मोडेलहरू लन्च गर्ने विचार गरिरहेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...