Technology Khabar २४ फाल्गुन २०८१, शनिबार
काठमाडौं ।
एमडब्ल्यूसी २०२५ मा ग्लोबल मोबाइल अवार्ड्स (जीएलओएमओ) ले यसको वार्षिक विजेताहरूको घोषणा गरेको छ। ७ वटा वर्गमा ३३ पुरस्कारहरू प्रदान गरिएको थियो र तीमध्ये चार उपकरण खण्डमा थिएः
पिक्सेल ९ प्रो
बजारमा यसको “उत्कृष्ट प्रदर्शन, नवीनता र नेतृत्व” को लागि छनोट भएको छ। २०२४ को जनवरीदेखि डसेम्बरको बीचमा लन्च गरिएका स्मार्टफोन श्रेणीमा पिक्सेल ९ प्रोले आईफोन १६ प्रो, ग्यालेक्सी एस२४ अल्ट्रा, म्याजिक भी३, र भिभो एक्स२०० प्रो जस्ता डिभाइसहरू विरुद्ध जित हासिल गरेको छ।
ब्रेकथ्रु इनोभेसन भनेको डिभाइसहरू भित्रका कोर (मुख्य) हार्डवेयर र सफ्टवेयरका लागि भएको बताइएको छ। प्रोसेसर, क्यामरा, स्क्रिन र अन्य प्रविधि समावेश रहेको यस श्रेणीमा जेमिनीले आफ्नो जेनेरेटिभ एआईको साथ निर्णायक मण्डल जित्न सफल भएको छ।
अन्य मनोनित प्रविधिहरूमा ग्यालेक्सी एआई, स्न्यापड्रागन ८ एलिट चिपसेट र ह्वावे मेट एक्सटीमा रहेको ट्राइ–फोल्ड हिन्ज समावेश थिए।
बेस्ट–कनेक्टेड कन्ज्युमर डिभाइस श्रेणी सबैभन्दा विविध भएको र यो मोबाइल प्रोडक्टहरू, ग्याजेटहरू, सर्भिस (सेवाहरू), सलुसन्सहरू र एप्लिकेसनहरूको लागि खुला भएको उल्लेख गरिएको थियो।
यस श्रेणीको विजेता मेगा मिनी गेमिङ जी१ संसारको सबैभन्दा सानो वाटर–कूल्ड गेमिङ मिनी पीसी भएको र यो इन्टेल कोर आई९–१३९००एच प्रोसेसर र जीईफोर्स आरटीएक्स ४०६० जीपीयू सँग आउने बताइएको छ। यसको मूल्य १,६९९ अमेरिकी डलर रहेको र यो धेरै महिनादेखि बजारमा उपलब्ध छ।
मोबाइल वर्ल्ड कांग्रेसमा घोषणा गरिएका प्रोडक्टहरू र डिभाइसहरूको श्रेणी बेस्ट इन शो भएको बताइएको छ। बार्सिलोनाको ग्रान भियामा धेरै डिभाइसहरू प्रदर्शन गरिएका थिए र जसमा शाओमी १५ अल्ट्रा निस्सन्देह अन्तिम उपभोक्ताका लागि सबैभन्दा आकर्षक उत्पादन बन्न सफल भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार