स्मार्ट टेलिकमलाई सरकारले अधीनमा लिएसँगै त्यसको दायित्व पनि सरकारले तिर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ

  • Technology Khabar | २० फाल्गुन २०८१, मंगलवार
स्मार्ट टेलिकमलाई सरकारले अधीनमा लिएसँगै त्यसको दायित्व पनि सरकारले तिर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्मार्ट टेलिकमको अध्याय समाप्त गर्नुपर्ने बताएका छन्। आज नेपाल दूरसञ्चार प्राधिकरणको सत्ताइसौ वार्षिक उत्सवका अवसरमा बोल्दै मन्त्री गुरुङले सरकारले अधीनमा लिएको स्मार्ट टेलिकमले आफ्ना पूर्वाधार खडा गरेका ठाउँमा तिर्नुपर्ने करोडौंको दायित्व तिरिदिनुपर्ने बताएका हुन्।

उनले सरकारले अधीनमा लिएपछि टावर राखेको वर्षौंदेखिको घरभाडा तिर्ने दायित्व सरकारकै हुने र सरकारले स्मार्ट टेलिकमका सबै दायित्व तिरेर यसको अध्याय समाप्त गर्नुपर्ने विचार व्यक्त गरे।

‘जनताको पैसा सकरकारले खाइरहने हो र? त्यही भाडा खाएर जीविका चलाउनेहरु पनि होलान्, त्यो पैसा तिर्नुपरेन? जनताको पैसा खान मिल्छ?’ उनले प्रश्न गरे।

कार्यक्रममा उनले यूटिएले फ्रिक्वेन्सी मात्र ओगटेर बसेकोमा काम गर्ने वातावरण बनाउन सके राजस्व आम्दानी हुने बताए। टिकटक हाल नेपालमा दर्ता भएको र यस्तै एक्स, मेटा लगायतका सबै सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर, फोकल पर्सन राखेर साइबर सुरक्षा लगायतका क्षेत्रमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए।

प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • २० फाल्गुन २०८१, मंगलवार