Technology Khabar २० फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले सन् २०२७ सम्ममा पूर्ण रूपमा ‘आधुनिक’ सिरी नल्याउन सक्ने सम्भावना बढेको छ।
ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पल जेनेरेटिभ एआईको युगका लागि सिरी लाई पुनर्निर्माण गर्न संघर्ष गरिरहेको छ। उनले भनेअनुसार, कम्पनीले “एकदम आधुनिक र संवादात्मक सिरी ” आईओएस २० (२०२७) अघि सार्वजनिक नगर्न सक्नेछ।
यद्यपि, त्यसअघि पनि सिरीमा ठूला अपडेटहरू आउने छन्। रिपोर्टअनुसार, नयाँ संस्करणको सिरी आगामी मे महिनामा सार्वजनिक हुनेछ, जसमा झन्डै एक वर्षअघि घोषणा गरिएका सबै एप्पल इन्टेलिजेन्स फिचरहरू अन्तर्गत समावेश गरिनेछ।
गर्मनका अनुसार यो संस्करण सिरीका “दुई मस्तिष्क” हुनेछन्—एक पुराना आदेशहरू (टाइमर सेट गर्नु, कल गर्नु) को लागि, र अर्को प्रयोगकर्ताको डेटा प्रयोग गरी जटिल प्रश्नहरूको उत्तर दिन सक्ने क्षमताका लागि। यी दुई प्रणालीलाई एकै ठाउँमा ल्याउने ” एलएलएम सिरी” भनिने प्रणाली कम्पनीले आन्तरिक रूपमा विकास गरिरहेको छ, जुन जुन महिनामा हुने वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा घोषणा हुने र २०२६ को वसन्तमा सार्वजनिक हुने बताइएको छ।
त्यसपछि मात्र एप्पलले सिरीको पूर्ण रूपमा उन्नत क्षमताहरू विकास गर्न केन्द्रित गर्नेछ, जसको सार्वजनिक संस्करण सम्भवत: २०२७ मा उपलब्ध हुनेछ।
प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार