साइबर सुरक्षा अभियानमा इन्डोनेसियाको सक्रियता

  • Technology Khabar | १६ फाल्गुन २०८१, शुक्रबार
साइबर सुरक्षा अभियानमा इन्डोनेसियाको सक्रियता

काठमाडौं ।

इन्डोनेसियाका अधिकारीहरूले सन् २०२४ मा आतङ्कवादसँग जोडिएका करिब तीन हजार सामाजिक सञ्जाल खाताहरू बन्द गरेका छन्।

राष्ट्रिय काउन्टर टेररिज्म एजेन्सी (बीएनपीटी) का प्रमुख प्रहरी आयुक्त जनरल एडी हार्टोनोले भने,“संचार तथा प्रविधि मन्त्रालयले कट्टरपन्थी विचारधाराहरूको फैलावट रोक्नको लागि दैनिक सामाजिक सञ्जाल गतिविधिको निगरानी गरी रहेको छ। विगत तीन वर्षमा कुनै ठूला आतङ्कवादी घटना इन्डोनेसियामा भएको छैन। इन्डोनेसियाली सेना, प्रहरी र खुफिया एजेन्सी लगायत विभिन्न सङ्गठनहरू आतङ्कवाद विरोधी प्रयास रोक्न सक्रिय रहेको छ।”

वी आर सोसलका अनुसार, इन्डोनेसियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सङ्ख्या सन् २०२४ मा १३ करोड ९० लाख पुग्ने अपेक्षा गरिएको थियो, जुन जनसङ्ख्याको ४९.९ प्रतिशत रहेको छ। यहाँ युट्युब, इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता प्लेटफर्महरू सबैभन्दा लोकप्रिय छन्। रासस/सिन्ह्वा

प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal signs loan agreement with ADB for digital transformation

  • Technology Khabar
  • १६ फाल्गुन २०८१, शुक्रबार