“विश्वको सबैभन्दा ठूलो सुपर कम्प्युटर” तयार हुँदै, प्रति वर्ष २६.३ टेरावाट–आवर बिजुली खपत गर्ने!

  • Technology Khabar | १६ फाल्गुन २०८१, शुक्रबार
“विश्वको सबैभन्दा ठूलो सुपर कम्प्युटर” तयार हुँदै, प्रति वर्ष २६.३ टेरावाट–आवर बिजुली खपत गर्ने!

काठमाडौं ।

दक्षिण कोरियाले विश्वको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स डाटा सेन्टर निर्माण गर्न स्वीकृत गरेको छ।

यस सुविधाको क्षमता ३ जीडब्ल्यू हुनेछ जुन माइक्रोसफ्ट, गुगल र अमेजन जस्ता टेक्नोलोजी टदिग्गजहरूद्वारा सञ्चालित केन्द्रहरू भन्दा उल्लेखनीय रूपमा बढी हो।

यसले प्रति वर्ष २६.३ टीडब्ल्यूएच (टेरावाट–आवर) बिजुली खपत गर्ने उल्लेख गरिएको छ जुन सम्पूर्ण स्लोभाकियाले वार्षिक रूपमा खपत गर्ने बिजुली भन्दा थोरै मात्र बढी हो भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

यस परियोजनाले ३.५ बिलियन अमेरिकी डलरको प्रारम्भिक राजस्व उत्पन्न गर्ने र लगभग १०,००० रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ भने यस क्षेत्रको अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनेछ।

१० बिलियन अमेरिकी डलरको प्रारम्भिक लगानीको साथ, परियोजनाको कुल मूल्य ५ बिलियन अमेरिकी डलर पुग्न सक्ने बताइएको छ जसले दक्षिण कोरियालाई विश्वव्यापी डाटा पूर्वाधारमा एक नेताको रूपमा स्थान दिनेछ।

यो सुविधा आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङ क्षमताले सुसज्जित हुनेछ र जसले यसलाई अर्को पुस्ताको डिजिटल सेवाहरूको प्रमुख हब बनाउने उल्लेख गरिएको छ।

साथै यो परियोजना सन् २०२५ मा निर्माण सुरु हुने गरी सन् २०२८ मा सम्पन्न गर्ने समय तय गरिएको छ।

यो परियोजना स्टक फार्म रोड (एसएफआर) द्वारा नेतृत्व गरिएको र यो सुपर कम्प्युटरले अर्को पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) प्रविधिको लागि आधारको रूपमा काम गर्नेछ टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ट्रिप टर्बोले सुरु गर्यो ट्राभल मेला २०२६

  • Technology Khabar
  • १६ फाल्गुन २०८१, शुक्रबार