बाइदुले अपग्रेड गरिएको एआई मोडल अर्नी मार्चको मध्यसम्म सार्वजनिक गर्ने

Technology Khabar १६ फाल्गुन २०८१, शुक्रबार

बाइदुले अपग्रेड गरिएको एआई मोडल अर्नी मार्चको मध्यसम्म सार्वजनिक गर्ने
तस्बिरः एपी

काठमाडौं ।

चिनियाँ कम्पनी बाइदुले आफ्नो नयाँ पुस्ताको कृत्रिम बुद्धिमता मोडेल अर्नी आगामी मार्च मध्यतिर सार्वजनिक गर्ने भएको छ। यसमा तर्कशक्ति सुधारिएको हुने यो विषयमा प्रत्यक्ष जानकारी भएको एक स्रोतले बताएको छ।

अपग्रेड गरिएको अर्नी ४.५ मोडेलमा बहु-मोडल क्षमता अझ सुधारिएको हुनेछ। बहु-मोडल एआई प्रणालीहरूले टेक्स्ट, भिडियो,फोटो र अडियोजस्ता विभिन्न प्रकारका डाटा प्रशोधन र एकीकृत गर्न सक्छन्, साथै यी ढाँचाहरूबीच सामग्री परिवर्तन गर्न सक्छन्।

बाइदुले यसै महिनाको सुरुमा अर्नी ४.५ श्रृंखला क्रमशः सार्वजनिक गर्ने र जुन ३० देखि यसलाई खुला स्रोत बनाउने घोषणा गरिसकेको छ। बाइदुले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

चिनियाँ एआई स्टार्टअप डीपसिक ले कम लागतमा अमेरिका स्थित अग्रणी मोडेलहरू बराबर वा अझ राम्रो दावी गरिएका एआई मोडेलहरू सार्वजनिक गरेपछि, यसले उद्योगलाई प्रभावित पार्दै विश्वव्यापी एआई प्रतिस्पर्धालाई पुनः तिव्र बनाएको छ।

बाइदुले चीनमा पहिलो पटक च्याटजीपीटी-जस्तो च्याटबट सुरू गरेको भए पनि ओपनएआईको जीपीटी-४ को तुलनामा प्रदर्शन उत्कृष्ट रहेको दावी गरे पनि अर्नी व्यापक रूपमा अपनाइन सकेको छैन। डीपसिकको उदयले कम्पनीको एआई लक्ष्यलाई अझ चुनौती दिएको छ।

बाइदुका सीईओ रोबिन ली ले पहिले एआई मोडेलहरू बन्द-स्रोत राख्नु नै सही बाटो भएको बताएका थिए, तर डीपसिकको सफलतापछि उनले आफ्नो धारणा परिवर्तन गरेका छन्।

लीले यसै महिना आम्दानी प्रतिवेदन कलमा अर्नी ४.५ लाई कम्पनीकै “सर्वश्रेष्ठ मोडेल” भएको बताएका थिए। उनले डीपसिकको सफलताले बाइदुलाई खुला स्रोत मोडेलतर्फ मोडिन प्रेरित गरेको स्वीकारे।

यसै हप्ता अलिबाबाले पनि आफ्नो भिडियो र फोटो उत्पादन गर्न सक्ने एआई मोडेल वान २.१ लाई खुला स्रोत बनाउने घोषणा गरेको छ, जसले यस क्षेत्रमा प्रतिस्पर्धा अझ बढाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया