ताजा समाचार

सामाजिक सञ्जाल विधेयकमा सरोकारवालासँग छलफल गर्नुपर्ने माग

सामाजिक सञ्जाल विधेयकमा सरोकारवालासँग छलफल गर्नुपर्ने माग
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

सङ्घीय संसद्, राष्ट्रियसभामा दर्ता भएको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा पर्याप्त छलफल गर्नुपर्ने माग सरोकारवालाले गरेका छन्।

राष्ट्रियसभाबाट पारित भएको ‘मिडिया काउन्सिल विधेयक, २०८१’ लाई फिर्ता लिएर सरोकारवाला सङ्घ/संस्था र विज्ञसँगको पर्याप्त छलफलपछि मात्रै अगाडि बढाउनुपर्ने माग गर्दै पत्रकारहरुले आज माइतघर मण्डलामा प्रदर्शनसमेत गरेका छन् ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिको नेतृत्वम प्रदर्शनमा बसेका पत्रकार तथा सञ्चारमकर्मीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नुपर्ने’ र ‘सामाजिक सञ्चालसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गरियोस्’ भन्ने प्ले कार्ड बोकेका थिए।

सो अवसरमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले आमसञ्चार माध्यममाथि अङ्कुस लगाउने गरी प्रेस काउन्सिल र सामाजिक सञ्जाल विधेयक ल्याइएकाले दुवै विधेयकमाथि थप अध्ययन र छलफल पश्चात मात्रै अगाडि बढाउन सरकारसँग आग्रह गरे। रासस

Sajilo Visa
easy care