Technology Khabar १५ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
अबको केही दिनमा, शाओमी १५ अल्ट्रा चीनमा लन्च हुनेछ। यसै क्रममा फोनको आधिकारिक तस्बिरहरू सार्वजनिक गरिएको छ। फ्यानहरू माझ उत्साह बढाउन शाओमीले यस आगामी प्रिमियम फोनका तस्बिरहरू सामाजिक सञ्जालहरूमा प्रकाशित गरेको छ।
त्यसैगरी शाओमी १५ अल्ट्रा उपलब्ध हुने तीनवटा रङ विकल्पहरूको र नयाँ क्यामरा प्रणाली सुविधाहरूको पनि खुलासा गरिएको छ।
शाओमी १५ अल्ट्रामा सामसङ आईएसओसेल एचपी९ सेन्सर (१/१.४″) सहितको २०० मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ जसलाई २००एमएम सम्म र ४००एमएम सम्म पनि स्पष्ट जुम प्रदान गर्न डिजाइन गरिएको छ।
लाइट रिफ्लेक्शन लङ्ग–रेञ्ज (लामो दूरी) को क्यामराका लागि ठूलो चुनौती भएको र शाओमीले २४–लेयर अल्ट्रा–लो रिफ्लेक्शन ग्लास प्रयोग गरेर यो समस्या समाधान गर्ने लक्ष्य राखेको उल्लेख गरिएको छ। यस ग्लासमा रहेको एक विशेष कोटिङ्गले प्रतिबिम्बलाई १.५ प्रतिशत सम्म घटाउने उल्लेख गरिएको छ।
त्यसैगरी मुख्य क्यामरामा १–इन्चको सेन्सर पनि हुने पुष्टि गरिएको छ जुन कुनै आश्चर्यको कुरा नभएको र यो सुविधा तीन वर्ष अघि रिलीज भएको १२एस अल्ट्रा मोडेलबाट उपस्थित हुँदै आएको छ।
शाओमी १५ अल्ट्रा चीनमा फेब्रुअरी २७ तारिखमा लन्च हुने अपेक्षा गरिएको छ भने ग्लोबल डेब्यू मार्च २ तारिखमा बार्सिलोनामा एमडब्ल्यूसी २०२५ मा हुने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार