जापानी अनुसन्धानकर्ताहरूले बायोहाइब्रिड रोबोटिक आर्म विकास गरे

  • Technology Khabar | १३ फाल्गुन २०८१, मंगलवार
जापानी अनुसन्धानकर्ताहरूले बायोहाइब्रिड रोबोटिक आर्म विकास गरे

काठमाडौं ।

जापानी अनुसन्धानकर्ताहरूले बायोहाइब्रिड रोबोटिक आर्म (हात) विकास गरेका छन्।

जापानी अनुसन्धानकर्ताहरूको टोलीले विकास गरेको उक्त रोबोटिक आर्म (हात) मानव मांसपेशीको तन्तु प्रयोग गरेर संचालित हुन्छ र यो अहिलेसम्मको सबैभन्दा ठूलो भएको बताइएको छ जुन अन्ततः कृत्रिम हात प्रविधिमा लागू गर्न सकिने जापानी मिडियाले रिपोर्ट गरेको छ।

‘बायोहाइब्रिड हातमा पाँचवटा औँलाहरू छन् जुन व्यक्तिगत रूपमा चल्छन् र जटिल औंलाहरू चलाउन सक्छन्, जस्तै कि टिपमा समातेर साना वस्तुहरू समातेर हलचल गर्न सक्छन्’ भनि टोकियो र वासेडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले रिपोर्ट गरेको क्योडो समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

उक्त हात १८ सेन्टिमिटर लामो छ र मानव जस्तै, तन्तुहरुको १० मिनेट संकुचन पछि थकानको लक्षण देखाउँछ जुन एक घण्टा आराम पछि निको हुन्छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

अघिल्लो बायोहाइब्रिड डिभाइसहरूमा धेरै सीमित चाल भएको र यसले ठूला अंगहरू सार्न गाह्रो बनाएको उल्लेख छ। वैज्ञानिकहरूले अब ठूलो मांसपेशी जस्तै काम गर्न मांसपेशी तन्तुहरू जडान गर्न र संकुचन गर्न व्यवस्थित गरेका छन्।

वैज्ञानिक सोजी ताकेउचीले अनुसन्धानले बायोहाइब्रिड रोबोटिक हातको मांसपेशी बल बढाउने मार्ग प्रशस्त गरेको बताए। उनका अनुसार यो परियोजनाले सटिक प्रस्थेटिक हात बनाउन सक्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • १३ फाल्गुन २०८१, मंगलवार