‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’

  • Technology Khabar | १० फाल्गुन २०८१, शनिबार
‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’
सांकेतिक तस्बिर। बिङ्ग एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयालले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल कानुन समाजले शुक्रबार यहाँ आयोजना गरेको ‘नेपाल–चीन कानुन सहयोग आदान–प्रदानको दृष्टिकोण’ विषयक कार्यक्रममा उनले छिमेकी चीन र भारतले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई उच्चतम रूपमा कार्यान्वयनमा बताउँदै नेपालले पनि सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरे।

उनले नेपालले पछिल्लो समय न्यायका क्षेत्रमा अनलाइन प्रणाली सुरु गरिसकेको बताउँदै यसले न्याय प्रणाली सरल, सहज हुनुका साथै पहुँच विस्तार हुने धारणा व्यक्त गरे।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनलाई विकाससँग जोडेर कार्यान्वयन गर्नु आवश्यक रहेकामा जोड दिए। उनले चीनको न्याय प्रणाली नेपालसँग धेरै दृष्टिकोणले मिल्दो भएकाले सिकाइ र सहयोग आदानप्रदान गर्न सकिने उल्लेख गरे।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चिनियाँ न्याय प्रणालीका बारेमा जानकारी गराउँदै आर्थिक विकासका लागि कानुन प्रणालीमा सुधारको आवश्यकता रहेको बताए।

समाजका अध्यक्ष पुष्पा भुसालले मुलुकको आर्थिक विकास र न्याय प्रणालीको विकासका लागि दुई देशबीच अनुभव आदानप्रदान गरेर लाभ लिने उद्देश्यले कार्यक्रम गरिएको जानकारी गराए।

कार्यक्रममा अन्य सहभागीले छलफलमा आ–आफ्ना धारणा व्यक्त गर्दै कानुन विकासको बाधक बन्न नहुने बताउँदै विकास अनुकूलको कानुनको आवश्यकतामा जोड दिएका थिए। रासस

प्रकाशित: १० फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • १० फाल्गुन २०८१, शनिबार