गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले सम्पन्न गर्यो डिजीटल बैंकिङ्ग सम्बन्धमा सचेतना कार्यक्रम

  • Technology Khabar | ५ फाल्गुन २०८१, सोमबार
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले सम्पन्न गर्यो डिजीटल बैंकिङ्ग सम्बन्धमा सचेतना कार्यक्रम

काठमाडौं ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरुको वित्तीय जानकारी अभिबृद्धिका लागि डिजीटल बैंकिङ्ग सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

डिजिटल बैंकिङ्ग अन्तर्गत  ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ्ग कारोवारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने, आफ्नो खाता र बैंकिङ्ग कारोवारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटहरू मार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तिय जानकारी दिई डिजिटल बैंकिङ्ग बारे वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।

उक्त कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधि विभागका विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारीहरुको र अरुणिमा एजुकेशन फाउन्डेसनका तर्फबाट प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको उपस्थिति रहेको थियो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीता जनाउँदै आईरहेको जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

  • Technology Khabar
  • ५ फाल्गुन २०८१, सोमबार