ताजा समाचार

इजरायलमा साइबर सुरक्षा अभियान सुरु

इजरायलमा साइबर सुरक्षा अभियान सुरु
Global IME Bank

इजरायलले आइतबार आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ। यसको मुख्य उद्देश्य इजरायल राष्ट्रिय साइबर निर्देशनालय (आइएनसीडी) द्वारा आयोजित राष्ट्रव्यापी गतिविधिहरूको श्रृङ्खलामार्फत साइबर धम्कीहरूबारे जनचेतना जगाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा सेना, सरकारी शाखा र अन्य सङ्घसंस्थाको सहभागिता रहेको छ। आइएनसीडीले साइबर सुरक्षा सचेतनालाई थप वृद्धि गर्न व्यापक सामाजिक सञ्जाल अभियान पनि सुरु गर्नेछ।

देशको राष्ट्रिय बाल अनलाइन संरक्षण महिनासँगै यस वर्षको साइबर सुरक्षा सप्ताहले विद्यालयमा अनलाइन सुरक्षासम्बन्धी व्याख्यानसहित युवा पुस्तालाई केन्द्रित गर्नेछ।

कार्यक्रमले ‘साइबर एम्बेसेडर’ पहलको सुरुवातलाई पनि चिन्ह लगाउँछ, जसअन्तर्गत कक्षा ८ का ४० जना विद्यार्थीहरूले माइक्रोसफ्ट र आईएनसीडीबाट सूचना एजेन्टहरूको रूपमा सेवा गर्न प्रशिक्षण प्राप्त गर्नेछन्।

यी विद्यार्थीहरूले आफ्ना साथीहरूलाई सामाजिक सञ्जाल र हानिकारक सामग्री अनलाइनमा साइबर खतराहरूका जोखिमहरूका साथै साइबर संसारमा आफूलाई सुरक्षित राख्ने तरिकाहरू बारे सिकाउनेछन्।-रासस/सिन्ह्वा

Sajilo Visa
easy care