मेटाका मुख्य प्राविधिक अधिकारी भन्छन्- नयाँ नीतिहरू मन नपरे कर्मचारीले राजीनामा दिन सक्छन्

  • Technology Khabar | २ फाल्गुन २०८१, शुक्रबार
मेटाका मुख्य प्राविधिक अधिकारी भन्छन्- नयाँ नीतिहरू मन नपरे कर्मचारीले राजीनामा दिन सक्छन्

काठमाडौं ।

मेटाका मुख्य प्राविधिक अधिकारी एण्ड्र्यु बस्वर्थले कम्पनीका पछिल्ला नीतिहरूबाट असन्तुष्ट कर्मचारीहरूलाई उनीहरूले जागिर छोड्न स्वतन्त्र रहेको स्पष्ट सन्देश दिएका बिजनेस इन्साइडरले रिपोर्ट गरेको छ।

रिपोर्टअनुसार एक कर्मचारीले मेटाले डीईआई कार्यक्रम कटौती गरेको र आन्तरिक असहमति दबाएको भन्दै आलोचना गरेका थिए। बस्वर्थले जवाफ दिँदै नीति असहमतिको कारण मिडियामा लीक गर्नु ठिक ठान्ने कुनै पनि कर्मचारीले “अरू कतै काम गर्ने बारे सोच्नुपर्छ” भने।

टेकक्रञ्चका अनुसार एक कर्मचारीले यसको जवाफ दिँदै लीकलाई दोष दिनु समाधान होइन र मेटाका कर्मचारीहरूले आफूलाई अपमानित महसुस गरेको बताए। (मेटाले यस हप्तादेखि “कमजोर प्रदर्शन गर्ने” भन्दै कर्मचारी कटौती सुरु गरेको छ, जसलाई लिएर विवाद भएको छ।)

बस्वर्थले जवाफमा भने, “तपाईंलाई त्यस्तै लाग्छ भने, तपाईंले जागिर छोड्नुपर्छ, म गम्भीर छु।”

यो तनावपूर्ण संवादले मेटा भित्रको आन्तरिक असन्तुष्टिलाई देखाउँछ, जहाँ कम्पनीले डीईआई प्रयास कटौतीदेखि लिएर सामग्री नियमन मापदण्ड खुकुलो पार्ने जस्ता प्रमुख नीतिगत परिवर्तनहरू लागू गरिरहेको छ। मेटाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सामसङ ग्यालेक्सीएस२७ पहिलो पटक देखा पर्यो

  • Technology Khabar
  • २ फाल्गुन २०८१, शुक्रबार