ह्यासट्यागको प्रयोगले भ्यूज र इन्गेजमेन्ट बढाउँदैन: इन्स्टाग्राम सीईओ मोसेरी

  • Technology Khabar | २२ माघ २०८१, मंगलवार
ह्यासट्यागको प्रयोगले भ्यूज र इन्गेजमेन्ट बढाउँदैन: इन्स्टाग्राम सीईओ मोसेरी

काठमाडौं ।

इन्स्टाग्रामका सीईओ एडम मोसेरीले प्रयोगकर्ताहरूले भ्यूज र अन्तरक्रिया बढाउन प्रयोग गर्ने सबैभन्दा सामान्य अभ्यासहरू मध्येको एक – ह्यासट्यागहरूको प्रयोगले– उनीहरूले सोचे अनुसारको प्रभाव नपार्ने खुलासा गरेका छन्।

सन् २०१८ देखि मेटा–स्वामित्वको सोशल मिडिया एपको नेतृत्व गरेका ४२ वर्षीय एडम मोसेरीले “प्लेटफर्ममा प्रयोगकर्ताको उपस्थितिलाई अप्टिमाइज गर्नका लागि केही रहस्यहरू”को बारेमा साझा गरेका छन्।

डेलीमेलसँगको अन्तर्वार्तामा, मोसेरीले ह्यासट्यागले कन्टेन्ट (सामग्री) वितरण गर्न वा अन्तरक्रिया बढाउनमा मुख्य भूमिका नखेल्ने उल्लेख गरेको टेलिग्राफ रिपोर्टले गर्दछ।

उनले प्लेटफर्ममा सफलताको ग्यारेन्टी गर्ने कुनै “म्याजिक ट्रिक” वा “ह्याक एल्गोरिदम” नभएको थप उल्लेख गरेका छन्।

उनको भनाईले पुरानो रणनीतिहरूमा भर पर्नुको सट्टा स्वाभाविक रूपमा संलग्न दर्शकहरू निर्माण गर्ने र गुणस्तरीय सामग्री सिर्जना गर्ने महत्त्वलाई जोड दिएको टेलीग्राफीले उल्लेख गरेको छ।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार