अमेरिकी सहयोग नियोग यूएसएडका वेबसाइट र एक्स खाता बन्द

  • Technology Khabar | २० माघ २०८१, आईतवार
अमेरिकी सहयोग नियोग यूएसएडका वेबसाइट र एक्स खाता बन्द

काठमाडौं ।

अमेरिकी सहयोग नियोग यूएसएडका वेबसाइट र सामाजिक कार्यहरू अफलाइन गरिएको छ। यसमा अमेरिकी सरकारले वा सम्बन्धित निकायले कुनै स्पष्टीकरण दिएको छैन्।

यसका साथै यूएसएड(USAID) को आधिकारिक वेबसाइट र यसको एक्स खाता बन्द गरिएको छ।

यो किन बन्द गरियो कहिले फर्कने भन्ने बारे अहिलेसम्म कुनै जानकारी छैन।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर दूरुपयोग भएको भन्दै यूएसएडका सबै गतिबिधिहरु रोक्न कार्यकारी आदेश जारी गरेका थिए। ट्रम्प प्रशासनले गर्न लागेको यूएसएडको समीक्षा अन्तर्गत विदेशी सहायता समेत रोकेको छ।

प्रकाशित: २० माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...