नेपाली कांग्रेसका महामन्त्री शर्माले भने- ‘सामाजिक सञ्जाल बारेको विद्येयक बदलिन्छ’

Technology Khabar १६ माघ २०८१, बुधबार

नेपाली कांग्रेसका महामन्त्री शर्माले भने- ‘सामाजिक सञ्जाल बारेको विद्येयक बदलिन्छ’
फाइल तस्बिर।

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै सरकारले ल्याएको सामाजिक सञ्जाल बारेको विद्येयकमा संसोधन गरिने अभिव्यक्ति दिएका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत आफू पहिलेको अडानमा स्पष्ट रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्मको विद्येयक अस्विकार रहेको बताएका हुन्।

शर्माले आफ्नो अडान स्पष्ट भएको भन्दै यस विषयमा सबै सरोकारबालाहरु बीच गहन संवाद हुनुपर्ने औंल्याएका छन्।

“प्रवक्ता छँदा बोकेको दृष्टि,महामन्त्री हुँदा बदलिन्न। देश ढुक्क रहोस्- दृस्टी बदलिन्न, विधेयक बदलिन्छ। सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल,सरोकारवाला र नागरिकपंक्तिबीच गहन संवाद जरुरी छ। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ” महामन्त्री शर्माले एक्स पोस्टमा लेखेका छन्।

‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएसँगै व्यापक विरोध हुँदै आएको छ।

सरकारले यसलाई अभिव्यक्ति स्वतन्त्रता हनन गर्नेगरी ल्याएको भन्दै सामाजिक सञ्जालहरुमार्फत विरोध गरिएको छ।

यसअघि नै, सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले समेत आपत्ति जनाएको छ।

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया