निजी डाटा एआई मोडेल प्रशिक्षणका लागि प्रयोग गरेको आरोपमा लिंक्डइनमाथि मुद्दा दायर

  • Technology Khabar | १० माघ २०८१, बिहीबार
निजी डाटा एआई मोडेल प्रशिक्षणका लागि प्रयोग गरेको आरोपमा लिंक्डइनमाथि मुद्दा दायर

काठमाडौं ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन विरुद्ध प्रिमियम ग्राहकहरूले आफ्ना निजी सन्देशहरू तेस्रो पक्षलाई अनुमति बिना प्रदान गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्।

मंगलबार राति दायर गरिएको प्रस्तावित वर्गीय अर्थात् क्लास एक्शन मुद्दा अनुसार, लिंक्डइनले गत अगस्टमा चुपचाप एउटा गोपनीयता सेटिङ्ग सुरु गरेको थियो, जसले ग्राहकहरूलाई आफ्नो व्यक्तिगत डाटा साझा गर्न सक्षम वा अक्षम गर्न दिने सुविधा प्रदान गरेको थियो।

ग्राहकहरूका अनुसार लिंक्डइनले आफ्नो गोपनीयता नीति सेप्टेम्बर १८ मा अपडेट गरी डाटा एआई मोडेलहरू प्रशिक्षणका लागि प्रयोग गर्न सकिने उल्लेख गर्‍यो। साथै एउटा फ्रिक्वेन्टली आस्क्ड क्वेश्चन्स लिंकमा “पहिले नै भएको प्रशिक्षणमा” बहिष्कारको असर पर्नेछैन भनिएको थियो।

गुनासोमा “आफ्नो काम ढाकछोप गर्ने प्रयास” लिंक्डइनले ग्राहकहरूको गोपनीयता उल्लङ्घन गरेको र व्यक्तिगत डाटा मात्र प्लेटफर्म सुधारका लागि प्रयोग गर्ने वाचा तोडेको देखाउँछ, जसले जनताको ध्यान हटाउन र कानुनी परिणामहरू कम गर्न प्रयास गरेको भनिएको छ।

प्रकाशित: १० माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...