इन्स्टाग्राम वा फेसबुक स्टोरिजलाई ह्वाट्सएप स्ट्याटसको रूपमा पोस्ट गर्न सकिने

  • Technology Khabar | १० माघ २०८१, बिहीबार
इन्स्टाग्राम वा फेसबुक स्टोरिजलाई ह्वाट्सएप स्ट्याटसको रूपमा पोस्ट गर्न सकिने

काठमाडौं ।

ह्वाट्सएप “अर्को केही महिनाहरूमा” मेटाको अकाउन्ट सेन्टरमा थपिने भएको छ। त्यसपछि स्वचालित रूपमा फेसबुक र इन्स्टाग्राम स्टोरिजलाई आफ्नो ह्वाट्सएप स्ट्याटसको रूपमा स्वचालित रूपमा पोस्ट गर्न सकिने  छ।

मेटा अकाउन्ट सेन्टरमा तपाईंको आफ्नो ह्वाट्सएप अकाउन्ट थप गर्ने कार्य अप्सनल र डिफल्ट रूपमा अफ (बन्द) हुने बताइएको छ। र यदि तपाईँले यसो गर्नु भयो भने तपाईँले तपाईँको व्हाट्सएप स्ट्याटसहरू तपाइँको आफ्नो फेसबुक स्टोरी वा तपाइँको इन्स्टाग्राम स्टोरी या त दुबैमा गरी कसरी र कहाँ क्रस–पोस्ट गर्न चाहानुहुन्छ भनेर नियन्त्रण गर्न सक्ने बताइएको छ।

त्यसैगरी अकाउन्ट सेन्टरले तपाईंलाई एउटै खाताबाट धेरै मेटा–स्वामित्व भएका एपहरूमा लग इन गर्न दिनेछ। साथै भविष्यमा मेटाले सबै मेटा एपहरूको लागि अकाउन्ट सेन्टर मार्फत तपाईंको अवतार्स, मेटा एआई स्टिकर्स र तपाईंको इम्याजिन मी क्रियसन्सहरू एकै ठाउँमा व्यवस्थापन गर्ने क्षमता थप्ने योजना बनाएको बताइएको छ।

अकाउन्ट सेन्टरमा व्हाट्सएप थप्दा तपाईंको व्हाट्सएप सन्देशहरू र कलहरू सधैं इन्ड–टु–इन्ड इन्क्रिप्सनद्वारा सुरक्षित हुन्छन् भन्ने तथ्यलाई परिवर्तन नगर्ने भनि मेटाले बताएको छ जसको अर्थ “तिनीहरू (तपाईंको सन्देशहरू) लाई ह्वाट्सएप वा मेटाले मात्र नभइ अरू कसैले पनि पढ्न वा सुन्न नसक्ने” जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: १० माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...