Technology Khabar १० माघ २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५०० अर्ब अमेरिकी डलरको इतिहासकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) पूर्वाधार परियोजनाको घोषणा गरेका छन् ।
उनले “स्टारगेट” नामक एक निजी कम्पनीको स्थापना गर्ने घोषणा गरेका छन् जसले अमेरिकामा आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) पूर्वाधारमा ५०० बिलियन अमेरिकी डलर (लगभग ४७९ बिलियन यूरो) लगानी गर्नेछ।
उनले यसलाई “इतिहासको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) पूर्वाधार परियोजनाको रूपमा वर्णन गरेको” उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलका अनुसार यस पहलले अमेरिकामा “लगभग तुरुन्तै” १००,००० रोजगारी सिर्जना गर्ने बताइएको छ।
राष्ट्रपति ट्रम्पले आपतकालीन घोषणाहरू मार्फत मद्दत गर्ने र यस परियोजनालाई समर्थन गर्न आवश्यक बिजुली उत्पादन उपलब्ध गराउने बताएका छन्।
अमेरिकी राष्ट्रपतिको साथै यो ऐतिहासिक निर्णयमा ओरेकलका ल्यारी एलिसन, ओपनएआईका साम अल्टम्यान र सफ्टबैंकका सीईओ मासायोशी सन पनि उपस्थित रहेका थिए।
त्यसैगरी “स्टारगेट” ले तुरुन्तै डाटा केन्द्रहरू सहित पूर्वाधार निर्माण सुरु गर्ने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १० माघ २०८१, बिहीबार