पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

  • Technology Khabar | ७ माघ २०८१, सोमबार
पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

काठमाडौं ।

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो।

एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन्। यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्याङ्कनको साथै एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुबिधा पाउने कम्पनीले जनाएको छ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगञ्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ । एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन्।

कम्पनीको दावी अनुसार बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो। नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन्।

बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो रहेको साइमेक्स इंक दावी गर्दछ।

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार