एनवाईईएफ काठमाडौं च्याप्टरद्वारा आयोजित स्टार्टअप अवार्ड ४.० सम्पन्न

Technology Khabar २९ पुष २०८१, सोमबार

काठमाडौं ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० रूपमा सम्पन्न भएको छ।

नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रममा यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो। उपविजेताको रुपमा मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले Audience Pick Award जित्दै रु. १,००,००० प्राप्त गरेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूले आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए।

आयोजककाअनुसार कार्यक्रममा निम्न सात उत्कृष्ट स्टार्टअपहरू अन्तिम चरणमा पुगेका थिएः

  • डीएल अपलोड
  • मेल्ट डाउन
  • ⁠खेतीपाती अर्गानिक्स
  • ज्ञान बजार
  • ई–कागजपत्र
  • माच२० अर्बिटल्स
  • स्मार्टपालिका

प्रकाशित: २९ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया