चीनद्वारा अर्बिटल रिफ्यूलिङको लागि परीक्षण भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | २३ पुष २०८१, मंगलवार
चीनद्वारा अर्बिटल रिफ्यूलिङको लागि परीक्षण भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी मंगलबार बिहान सिजियान–२५ नामक परीक्षण भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।

दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४ः०० बजे (बेइजिङ समय) रकेट ब्लास्ट (प्रक्षेपण) गरिएको र यसले पेलोडलाई पछि प्रिसेट अर्बिट (पूर्वनिर्धारित कक्ष) मा ल्याएको उल्लेख छ।पेलोडले स्याटेलाइट बोक्न र प्रयोग गर्न डिजाइन गरिएको उपकरणलाई जनाउँछ।

सिजियान–२५ को विकासकर्ता शाङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीका अनुसार स्याटेलाइट मुख्यतया स्याटेलाइट इन्धन पुनःपूर्ति र जीवन विस्तार सेवा प्रविधिहरूको प्रमाणीकरणका लागि प्रयोग गरिने बताइएको छ।

उक्त प्रक्षेपणसँगै चीनको यो सन् २०२५ मा पहिलो रकेट प्रक्षेपण भएको र यसले लङ मार्च सिरिज क्यारियर रकेटहरूको ५५५ औं मिशनलाई चिन्ह लगाएको उल्लेख गरिएको छ। रासस /सिन्ह्वा

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...