सीईएस २०२३ मा एनभिडियाले सार्वजनिक गर्यो एआई प्रशिक्षण प्रविधि तथा गेमिङ चिप

Technology Khabar २३ पुष २०८१, मंगलवार

काठमाडौं ।

एनभिडियाले सीईएस २०२५ मा नयाँ उत्पादनहरू प्रस्तुत गरेको छ, जसमा रोबोट र कार प्रशिक्षणका लागि एआई, उन्नत गेमिङ चिपहरू, र पहिलो डेस्कटप कम्प्युटर सामेल छन्। यी घोषणाहरूले कम्पनीको व्यवसाय विस्तारलाई झल्काउँछ।

कम्पनीका सीईओ जेन्सन हुआङले हालै कसमस नामक फाउन्डेसन मोडेलहरू सार्वजनिक गरेका छन् जसले रोबोट र स्वचालित कारहरूको प्रशिक्षणका लागि फोटो-रियलिस्टिक भिडियो कम लागतमा उत्पादन गर्छ।

यी मोडेलहरूले “सिन्थेटिक” प्रशिक्षण डाटा सिर्जना गर्छन्, जसले ठ्याक्कै ठूला भाषा मोडेलहरूले च्याटबटहरूलाई मद्दत गरेझैं रोबोट र कारलाई भौतिक संसारलाई बुझ्न सहयोग गर्दछन्।

रोयटर्सका अनुसार कसमस प्रयोगकर्ताहरूले कुनै संसारको वर्णन गर्दा त्यसअनुसार भौतिक नियमहरूको पालना गर्ने भिडियो तयार हुन्छ। यो विधि अहिलेको सडक परीक्षण र मानिसहरूले रोबोटलाई सिकाउने जस्ता महँगो प्रक्रियाभन्दा सस्तो पर्ने वाचा गर्छ। कसमस “ओपन लाइसेन्स” मा उपलब्ध हुनेछ, जुन मेटा प्लेटफर्मको एललामा ३ भाषा मोडेलहरू जस्तै हो।

हुआङले आरटीएक्स ५० सिरिजका गेमिङ चिपहरू पनि सार्वजनिक गरे, जसले एनभिडियाको ब्ल्याकवेल एआई प्रविधि प्रयोग गरेर भिडियो गेम ग्राफिक्सलाई फिल्मजस्तै गुणस्तरीय बनाउँछ।

यी चिपहरूको मूल्य ५४९ देखि १ हजार ९९९ डलरसम्म हुने बताइएको छ। उच्च स्तरका मोडेलहरू जनवरी ३० मा र तल्लो स्तरका मोडेलहरू फेब्रुअरीमा उपलब्ध हुनेछन्।

यसैगरी  उनले प्रोजेक्ट डिजिट्स पनि प्रस्तुत गरे, जुन प्रोग्रामरहरूको लागि एनभिडिया को पहिलो डेस्कटप कम्प्युटर हो। यसको मूल्य ३ हजार डलर हुने र यो लिनक्समा आधारित एनभिडियाको अपरेटिङ सिस्टममा चल्ने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया