श्रीलङ्काका सरकारी वेबसाइटमा साइबर आक्रमण

  • Technology Khabar | १७ पुष २०८१, बुधबार
श्रीलङ्काका सरकारी वेबसाइटमा साइबर आक्रमण

काठमाडौं ।

श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताए।

श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ।

श्रीलङ्का कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको उनले थप भने।

एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो। यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार