मधेश प्रदेशमा एआई तथा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण

Technology Khabar १६ पुष २०८१, मंगलवार

काठमाडौं ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्तमान व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताएका छन्। आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा सोमबार आयोजित साइबर सुरक्षा र एआईसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा मन्त्री लेखीले राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका अतुलनीय रहेको बताउँदै पत्रकारप्रति आमजनताको ठूलो आशा, भरोसा र विश्वास रहेकाले थप जिम्मेवार तथा मर्यादित हुँदै नवीन प्रविधिको उपयोग गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

उनले राजनीतिसँगै समाजमा रहेको विकृति न्यूनीकरण गर्ने खालका समाचारलाई प्राथमिकतामा राखो सामाजिक रूपान्तरणमा टेवा पुग्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न आग्रह गरे।

स्थानीय ठाउँको परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भूमिका रहेको बताए। सप्तरी गणतन्त्रवादी नेता, मधेश आन्दोलनका नेता, आदिवासी तथा थारू आन्दोलनका नेता, सङ्घीयता तथा समावेशिताका नेता, सशस्त्रको नेतृत्व गर्ने नेताहरूको जन्मभूमि रहेको ऐतिहासिक जिल्ला रहे पनि अपेक्षित विकास हुन नसकेकोमा दुख व्यक्त गरे।

उनले पत्रकारका समस्याप्रति आफू संवेदनशील रहेको बताउँदै प्रदेशका पत्रकारका लागि एक लाख रुपैयाँको स्वास्थ्य बिमा र सात लाख रुपैयाँको दुर्घटना बिमा सुविधा सरकारले दिएको बताए। उनले चाँडै मधेश प्रदेशका अग्रज पत्रकारलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रमसमेत राखिएको बताए।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्वशिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, मधेश प्रदेश सदस्य किरणकुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महास मधेश प्रदेशका सल्लाहकार अवधेशकुमार झा, नेपाल पत्रकार महासञ्च सप्तरीका अध्यक्ष श्रवण देवलगायतले पत्रकारले भोग्दै आएका विभिन्न समस्याका बारेमा विचार व्यक्त गरेको थिए।

कार्यक्रममा साइबर अपराध, एआई प्रविधिको महत्त्व र आवश्यकताबारे जीवन भण्डारी र प्रकाश गौतमले सहजीकरण गरेका थिए। कार्यक्रममा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो।

आजको गोरखापत्रबाट 

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया