आर्थिक समाचार

नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा १५० रुपैयाँ क्यासब्याक पाइने

नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा १५० रुपैयाँ क्यासब्याक पाइने
Global IME Bank

आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ। यो अफर पौष १४ बाट शुरु भएर पौष १८ सम्म उपलब्ध हुने बताइएको छ।

यो अफर अन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।

कम्पनीका अनुसार क्यासब्याक हरेक टिकटमा लागू हुनेछ जसबाट प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्छन् उति नै धेरै क्यासब्याक पाउने निश्चितता रहन्छ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीको दावी छ। यस अनुरुप *५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

Sajilo Visa
easy care