जीरो–बेजल आईफोन सन् २०२६ मा आउने सम्भावना न्यून

  • Technology Khabar | १२ पुष २०८१, शुक्रबार
जीरो–बेजल आईफोन सन् २०२६ मा आउने सम्भावना न्यून

काठमाडौं ।

विगत केही वर्षहरूमा स्क्रिन बेजेलहरू क्रमिक रूपमा साना भए पनि बेजल–लेस फोन भने अझै पनि सपना नै रहेको छ। एप्पलले कथित रूपमा धेरै वर्षदेखि बेजेल–लेस (बेजल बिनाको) आईफोन स्क्रिनमा सामसङ डिस्प्ले र एलजी डिस्प्लेसँग काम गरिरहेको भए तापनि यो अझै उत्पादनको नजिक नपुगेको उल्लेख गरिएको छ।

एप्पलले सन् २०२५ वा सन् २०२६ मा “जेरो–बेजल” आईफोन रिलिज गर्न चाहेको उल्लेख गरिएको छ। यद्यपि कोरियाबाट आएको नयाँ रिपोर्टले भने “जेरो–बेजल” आईफोनको लागि आवश्यक प्रविधि उपलब्ध नभएको हुनाले उक्त आईफोन सन् २०२६ मा पनि रिलिज हुने कुनै सम्भावना नभएको बताएको छ।

एप्पल स्पष्ट रूपमा फ्ल्याट स्क्रिन राख्न चाहको र क्वाड माइक्रो कर्भ डिजाइनको साथ त्यसलाई छेउमा एङ्गल गर्न चाहको उल्लेख छ। साथै यो अवधारणाले भर्खरै चिनियाँ स्मार्टफोन निर्माताहरूसँग धेरै विश्वास प्राप्त गरेको भए तापनि एप्पल सम्बन्धी रिपोर्टले भने कम्पनीले एप्पल वाचको स्क्रिनको डिजाइनको साथ के गर्न चाहन्छ भनेर तुलना गरेको बताइएको छ। यद्यपि किनारहरूमा फेरबदल हुने भएकाले एप्पलले स्क्रिनलाई पर्याप्त कर्भ गर्न नचाहेको उल्लेख छ।

कम्पनीले के चाहन्छ भन्ने बारे कम्पनीसँग निश्चित विचार रहेको जस्तो देखिएको उल्लेख गरिएको छ। यद्यपि यसलाई वृहत उत्पादनमा भने लागू गर्न नसकिने जस्तो देखिएको हुनाले जेरो–बेजेल आईफोनको लागि कम्तिमा पनि सन् २०२७ सम्म पर्खनुपर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...