डाइमेन्सिटी ७३०० चिप, आईपी६९ रेटिङ र ६,००० एमएएच ब्याट्रीको साथ ओप्पो ए५ प्रो घोषणा

  • Technology Khabar | ११ पुष २०८१, बिहीबार
डाइमेन्सिटी ७३०० चिप, आईपी६९ रेटिङ र ६,००० एमएएच ब्याट्रीको साथ ओप्पो ए५ प्रो घोषणा

काठमाडौं ।

गत महिनादेखि चर्चा सुन्दै आएको ओप्पो ए५ प्रो आधिकारिक रूपमा अनावरण गरिएको छ। यस नयाँ स्मार्टफोनमा १,२०० निट्स पीक ब्राइटनेस र गोरिल्ला ग्लास भिक्टस २ प्रोटेक्शन सहितको ६.७ इन्चको १२० हर्ज फुलएचडी+ एमोलेड स्क्रिन रहेको छ।

त्यसैगरी डिस्प्लेमा १६ मेगापीक्सेलको सेल्फी क्यामराको लागि सेन्ट्रल पञ्च–होल र बायोमेट्रिक प्रमाणीकरणको लागि तल फिङ्गरप्रिन्ट रिडर पनि रहेको छ। स्मार्टफोनको पछाडि ५० मेगापीक्सेलको प्राथमिक र २ मेगापीक्सेलको मोनोक्रोम गरी दुईवटा क्यामराहरू समावेश गरिएका छन्।

हुड अन्तर्गत, ओप्पो ए५ प्रो मा १२जीबी र्याम र ५१२जीबी स्टोरेज (भण्डारण) को साथ डाइमेन्सिटी ७३०० चिप रहेको बताइएको छ। स्मार्टफोनले एन्ड्रोइड १५–बेस्ड (आधारित) कलरओएस १५ बुट गर्ने उल्लेख गरिएको छ। यद्यपि यसले कति वर्षको सफ्टवेयर समर्थन पाउनेछ भन्ने बारेमा भने स्पष्टता नभएको उल्लेख गरिएको छ।

त्यसका साथै ओप्पो ए५ प्रो आईपी६६/६८/६९ रेटिङ्ग, मिलिटेरी–ग्रेड जीजेबी१५०ए–२००९ प्रमाणीकरण र ३६०–डिग्री ड्रप रेसिस्टेन्सको साथ आएको उल्लेख गरिएको छ। यस स्मार्टफोनमा राम्रो सिग्नल स्थ्रेन्थ को लागि फ्रेमको दुवै छेउमा सिमेट्रिकल लो–फ्रिक्वेन्सी एन्टेनाहरू पनि समावेश गरिएको उल्लेख छ।

ओप्पो ए५ प्रो को बाँकी अन्य हाइलाइटहरूमा ६,००० एमएएच ब्याट्री, ८० वाट चार्जिङ, फाइभजी सपोर्ट, स्टेरियो स्पिकरहरू, एनएफसी र स्क्रिनको लागि वेट टच मोड समावेश रहेको छन् जुन पञ्जा लगाएर पनि सञ्चालन गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ११ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...