पाँच महिनामा १५ अर्बमाथिको स्मार्टफोन आयात

Technology Khabar १० पुष २०८१, बुधबार

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात मासिक तथा वार्षिक रुपमा बढ्दो क्रममा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको मंसिर महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात बढ्ने प्रवृत्तिले निरन्तरता पाएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को पाँचौं महिना अर्थात् मंसिर मसान्तसम्म १५ अर्ब १८ करोड ११ लाख ८८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ९ लाख ९० हजार ७५४ थान स्मार्टफोन आयात भएको हो।

चालु आवको हालसम्म सरकारले स्मार्टफोनको आयातबाट २ अर्ब ८३ करोड ९ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५० मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट १० अर्ब ३५ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको ७ लाख ४७ हजार ५६४ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट ४ अर्ब ५९ करोड ७५ लाख ७५ हजार रुपैयाँ बराबरको २ लाख ३९ हजार ८७८ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ४८ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएका छन्।

यस्तो छ उत्कृष्ट १० देशको विवरण:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन७४७५६४१०३५६१७३
भारत२३९८७८४५९७५७५
भियतनाम१०२५१०९६
अमेरिका५३३६३५२०
जापान४४५३४१३६
अस्ट्रेलिया२०१२२६७२
कोरिया१८५१४२८७
यूएई३५८४४०००
कतार१२३१४६७०
१०कुवेत९३१२८२

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया