
काठमाडौं ।
इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) को प्रतिवेदन अनुसार सन् २०२४ को पहिलो तीन त्रैमासिकमा ह्वावेले विश्वव्यापी डिभाइस बजारमा ढुवानी गरिएका युनिटहरूको संख्याको आधारमा पहिलो स्थान हासिल गरेको छ।
विशेष गरी स्मार्टवाचको सन्दर्भमा यो वर्ष ह्वावेको लागि सफल रह्यो। तसर्थ, आधुनिक डिजाइनका साथ स्वस्थ जीवनशैली, स्वास्थ्य र फिटनेस मनिटरिङ सिस्टम (अनुगमन प्रणाली) को प्रवर्द्धनले सन् २०२४ को तीन त्रैमासिकमा बजारमा प्रभुत्व जमाएको उल्लेख छ।
गत वर्षको तुलनामा ह्वावेले ४४.३ प्रतिशतको बृद्धि गरेको छ र कम्पनीको बजार हिस्सा १६.९ प्रतिशत रहेको उल्लेख गरिएको छ।
सन् २०२४ मा, ह्वावेले वाच फिट ३, ह्वावे जीटी ५ सिरिज र ह्वावे वाच डी२ स्मार्टवाच गरी तीन प्रकारका स्मार्टवाचहरू प्रस्तुत गरेको थियो।
डी२ रक्तचाप नाप्ने क्षमताको साथ कम्प्रिहेनसिभ हेल्थ मनिटरिङ (व्यापक स्वास्थ्य अनुगमन) को लागि एक गैर–चिकित्सा उपकरण भएको बताइएको छ भने वाच फिट ३ क्यालोरी मनिटरिङ र फुड एनलाइसिस फङ्शन (खाना विश्लेषण कार्यहरू) डिजाइन को लागि बलियो रहेको उल्लेख छ।
साथै नयाँ वाच जीटी ५ ले ट्रुसेन्स सिस्टम (प्रणाली) लाई स्पोर्ट्स फङ्गसन (खेलकुद कार्यहरू) सँग जोड्ने यसको अद्वितीय डिजाइन जसले यस कम्पनीलाई विश्वव्यापी मिडिया मान्यता ल्याएको उल्लेख छ।
त्यसैगरी युरोप, ल्याटिन अमेरिका, एशिया–प्यासिफिक क्षेत्र, मध्य पूर्व र अफ्रिकामा प्रगति रेकर्ड गरिएको थियो भने मो फराह र पामेला रीफले बार्सिलोना, दुबई र ब्राजिलमा प्रमोसनमा काम गरेको उल्लेख छ।
संख्याको बारेमा कुरा गर्दा, ह्वावेले २३.६, एप्पलले २२.५, शाओमीले २०.५, सामसङले ११.५ मिलियन डिभाइसहरू ढुवानी गरेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ७ पुष २०८१, आईतवार