शनिको बरफको घेरा हामीले सोचेको भन्दा पुरानो हुन सक्ने

  • Technology Khabar | ५ पुष २०८१, शुक्रबार
शनिको बरफको घेरा हामीले सोचेको भन्दा पुरानो हुन सक्ने
नासाद्वारा उपलब्ध यो सन् २०१० को जनवरी २ को छविले शनि ग्रह देखाउँछ।

काठमाडौं ।

शनिको घेराहरू (स्याटन्र्स रिङ्स) देखिएको भन्दा पुरानो हुन सक्ने र सम्भवतः ग्रह जत्तिकै पुरानो हुन सक्ने नयाँ अनुसन्धानले बताएको छ।

सामान्यतया सोचे अनुसार ४० करोड वर्ष पुरानो युवा हुनुको सट्टा, हिउँको झिलिमिली झल्कने रिङ्स (घेराहरू) शनि ग्रह जस्तै करिब ४.५ बिलियन वर्ष पुरानो हुन सक्छ भनि जापानी नेतृत्वको टोलीले सोमबार रिपोर्ट गरेको छ।

साथै वैज्ञानिकहरूले शनिको रिङ्स (घेराहरू) जवान भएको हुनाले नभई डर्ट रेसिस्टेन्ट भएकाले नयाँ भएको हुनसक्छन् भनी अनुमान गरेका छन्।

नासाको क्यासिनी अन्तरिक्ष यान सन् २०१७ मा अन्त्य हुनु अघि यसको एक दशक भन्दा बढीको अवलोकनको आधारमा शनिको रिङ्स (घेराहरू) १०० मिलियन र ४०० मिलियन वर्षको बीचको हुनुपर्ने भनि लामो समयदेखि मानिदै आएको छ।

क्यासिनीका तस्बिरहरूले माइक्रोमेटियोरोइडहरू –बालुवाको दाना भन्दा सानो अन्तरिक्ष चट्टान कणहरूलाई– असर गरेर रिङ्स हरू अँध्यारो भएको कुनै प्रमाण नदेखाएको र ग्रहको लामो समय पछि घेराहरू बनेको निष्कर्षमा पुग्न वैज्ञानिकहरूलाई प्रेरित गरेको इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

प्रकाशित: ५ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ५ पुष २०८१, शुक्रबार