मोटोरोला मोटो जी१५ र जी१५ पावर अनावरण: हिलियो जी८१, ५०एमपी क्यामरा र ठूलो ब्याट्री समावेश

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

मोटोरोलाले आफ्नो नवीनतम बजेट–अनुकूल फोरजी स्मार्टफोनहरू मोटो जी१५ र मोटो जी१५ पावर विश्वव्यापी बजारमा अनावरण गरेको छ। दुबै डिभाइसहरू मिडियाटेकको हेलियो जी८१–अल्ट्रा प्रोसेसर, आईपी५४ डस्ट र स्प्ल्याश प्रतिरोध, स्टेरियो स्पिकरहरू र डल्बी एटमस सपोर्टले सुसज्जित रहेका छन्।

मोटो जी१५/जी१५ पावरको स्पेसिफिकेसनहरू
मोटो जी१५ र जी१५ पावर मोडलहरूमा २४००×१०८० पिक्सेल रिजोल्युसन, २०ः९ एसपेक्ट रेसियो र कोर्निङ गोरिल्ला ग्लास ३ प्रोटेक्शनको साथ ६.७२ इन्चको एफएचडी+ एलसीडी डिस्प्ले फिचर गरिएको छ। उक्त स्क्रिनले ६०हर्ज रिफ्रेस रेट, ब्यालेन्सिङ पर्फमेन्स र ऊर्जा दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ।

मिडियाटेक हिलियो जी८१–अल्ट्रा द्वारा सञ्चालित, अक्टा–कोर प्रोसेसरले १.७ गीगाहर्जमा ६ वटा कोर्टेक्स–ए५५ कोरहरूको साथ २ गीगाहर्जमा क्लक गरिएका दुई कोर्टेक्स–ए७५ कोरहरू संयोजन गर्दछ। साथै एआरएम माली–जी५२ एमपी२ जीपीयू द्वारा ग्राफिक्स ह्यान्डल गरिने उल्लेख गरिएको छ।

त्यसैगरी डिभाइसहरूले एन्ड्रोइड १५ रन गर्ने र ४जीबी एलपीडीडीआर४एक्स र्यामको साथ १२८जीबी, २५६जीबी, र ५१२जीबीको स्टोरेज अप्सनहरू प्रदान गर्ने बताइएको छ। साथै स्टोरेज (भण्डारण) लाई माइक्रोएसडी कार्ड प्रयोग गरेर १टीबी सम्म विस्तार गर्न सकिने थप उल्लेख गरिएको छ।

क्यामरा र अडियो
रियर (पछाडिको) क्यामरा प्रणालीमा एफ/१.८ एपर्चर भएको ५० मेगापिक्सेलको मुख्य सेन्सर, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स (एफ/२.४) र एलईडी फ्ल्यास समावेश गरिएका छन्। सेल्फी र भिडियो कलहरूको लागि एफ/२.० एपर्चर भएको ८ मेगापिक्सेलको फ्रन्ट क्यामराले रहेको बताइएको छ।

अडियो फिचरहरूमा ३.५एमएम अडियो ज्याक, स्टेरियो स्पिकरहरू र डल्बी एटमस समावेश गरिएका छन्।

डिजाइन र कनेक्टिभिटी
मोटो जी१५ को मापन १६५.६७ × ७५.९८ × ८.१७ एमएम र १९० ग्राम तौल रहेको छ भने मोटो जी१५ पावर को मापन ८.८एमएम र २०३ ग्राम तौल रहेको छ। दुबै डिभाइसहरू साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानरहरूसँग आउने उल्लेख गरिएको छ।

त्यसैगरी कनेक्टिभिटी विकल्पहरूमा डुअल फोरजी भीओएलटीई, वाई–फाई ८०२.११एसी, ब्लुटुथ ५.४, जीपीएस, यूएसबी टाइप–सी र एनएफसी (क्षेत्र–निर्भर) समावेश रहेका छन्।

ब्याट्री
मोटो जी१५ ले १८डब्ल्यू फास्ट चार्जिंगको साथ ५२००एमएएच ब्याट्री प्याक गर्दछ भने मोटो जी१५ पावरले उही चार्जिङ गतिको साथ ठूलो ६०००एमएएच ब्याट्री समावेश गर्दछ।

उपलब्धता
मोटो जी१५ र जी१५ पावर युरोप, मध्य पूर्व, ल्याटिन अमेरिका र एशिया–प्रशान्तमा उपलब्ध हुनेछ। मोटोरोलाका अनुसार स्थानीय लन्चहरूमा मूल्य निर्धारण र सही रोलआउट विवरणहरू क्षेत्रीय रूपमा घोषणा गरिने जीएसएमएरिनाले उल्लेख गरिएको छ।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया