Technology Khabar ४ पुष २०८१, बिहीबार
काठमाडौं ।
भिभोले यस वर्ष आफ्नो फ्ल्यागशिप स्मार्टफोन लाइनमा एक्स२०० र एक्स२० प्रो को साथमा सानो विकल्पको रूपमा एक्स२०० प्रो मिनी जारी गरेको थियो। साथै यसको बिक्री एकदम राम्रो भएको देखिएको बताइएको छ।
कम्पनीले अब सन् २०२५ मा सानो स्क्रिनको मिड–रेन्ज स्मार्टफोन लन्च गर्ने योजना बनाएको डिजिटल च्याट स्टेसनबाट नयाँ अफवाह आएको छ। यद्यपि वेईबोको पोस्ट भने मेटाइएको उल्लेख छ जसले अलि चाँडो जानकारीहरू फैलाएको थियो।
डिभाइस डाइमेन्सिटी ९ सिरिज चिपसेटद्वारा संचालित हुने दावी गरिएको भए तापनि यसको नाम भने नखुलाइएको उल्लेख छ। मिड–रेन्जरको लागि यो सबैभन्दा राम्रो डाइमेन्सिटी ९३०० हुने थप उल्लेख गरिएको छ।
त्यसैगरी मुख्य क्यामरा ५० मेगापिक्सेलको हुनेछ भने डिभाइसमा टेलिफोटो क्यामरा पनि समावेश गरिने बताइएको छ। यसको स्क्रिन भने ६.३१ इन्च साइजको साथ १२१६×२६४० रिजोलुसन, १२० हर्ट्ज रिफ्रेस रेट र ४,५००–निट पीक ब्राइटनेस भएको एक्स२०० प्रो मिनीमा फिट भएको स्क्रिन जस्तै समान हुन सक्ने बताइएको छ।
त्यसका साथै यो मिड–रेन्जरमा “धेरै ठूलो” सिलिकन ब्याट्री समावेश गरिने भएकाले यसमा एक्स२०० प्रो मिनीको ५,७०० एमएएच क्षमताको उत्कृष्ट ब्याट्री हुने थप उल्लेख गरिएको छ।
अहिले खुलासा भएका विवरणहरू यी सबै हुन् र यस डिभाइसको बारेमा थप जानकारी पाएपछि उपलब्ध गराउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ पुष २०८१, बिहीबार