अनर प्याड भी९ डेब्यू: ११.५ इन्चको १४४ हर्ज स्क्रिन र डाइमेन्सिटी ८३५० समावेश 

Technology Khabar ३ पुष २०८१, बुधबार

काठमाडौं ।

अनरले आफ्नो नवीनतम गेमिङ फोन ‘अनर जीटी’ को साथमा एउटा नयाँ एन्ड्रोइड ट्याब्लेट ‘अनर प्याड भी९’ घोषणा गरेको छ। यो स्लेटमा स्टाइलस सपोर्ट र ६६डब्ल्यू चार्जिङ सहितको १०,१०० एमएएचको ब्याट्रीको साथमा ११.५ इन्चको डाइमेन्सिटी ८३५० समावेश गरिएको छ।

प्याड भी९ मा २,८०० × १,८४० पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस दरको साथ ११.५–इन्चको आईपीएस एलएसडी फिचर गरिएको छ। अनरको नयाँ ट्याब्लेट स्पासियल अडियो, हाई–रेस अडियो र डीटीएसःएक्स समर्थन सहितको आठ स्पिकर सेटअपले सुसज्जित रहेको बताइएको छ।

साथै ट्याब्लेटको स्क्रिनले म्याजिक पेन्सिल ३ मार्फत स्टाइलस इनपुटलाई पनि समर्थन गर्ने बताइएको छ जुन छुट्टै बिक्री गरिने उल्लेख छ।

अनर प्याड भी९मा १३ मेगापिक्सेलको रियर–फेसिङ क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट शूटर पनि समावेश गरिएको छ। साथै डिभाइसले एन्ड्रोइड १५ मा आधारित म्याजिकओएस ९.० बुट गर्ने बताइएको छ।

अनर प्याड भी९ खरानी, सेतो र बैजनी रङ्गहरूमा आउने बताइएको छ। ट्याब्लेटको बेसलाइन ८/१२८जीबी ट्रिमको मूल्य २,०९९ चिनियाँ युआन (२८८ अमेरिकी डलर) रहेको छ भने टप–टियर १२/५१२जीबी संस्करणको मूल्य २,७९९ चिनियाँ युआन (३८४ अमेरिकी डलर) कायम गरिएको उल्लेख छ।

त्यसैगरी अनरको आधिकारिक वेबसाइटमा अर्डरको लागि उपलब्ध रहेको नयाँ ट्याब्लेटको डेलिभरी डिसेम्बर २४ तारिखको लागि निर्धारित गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया