रियलमी नियो७ सार्वजनिक भएको पहिलो दिनमै उच्च परिमाणमा बिक्री

  • Technology Khabar | २ पुष २०८१, मंगलवार
रियलमी नियो७ सार्वजनिक भएको पहिलो दिनमै उच्च परिमाणमा बिक्री

काठमाडौं ।

गत हप्ता सार्वजनिक गरिएको रियलमी कम्पनीको नियो७ स्मार्टफोन पाँच मिनेटमै उच्च बिक्री भएको छ। यो बिक्री आफ्नो पूर्ववर्ती रियलमी जीटी नियो६ को पहिलो दिनको सम्पूर्ण बिक्रीभन्दा बढी भएको उल्लेख गरिएको छ।

रियलमी नियो७ मा डाइमेन्सिटी ९३००+ चिपसेट र शक्तिशाली ७,००० एमएएच ब्याट्री समावेश गरिएको छ। साथै यस स्मार्टफोनको प्रारम्भिक मूल्य २,१९९ चिनियाँ युआन (वा लगभग ३०० अमेरिकी डलर) रहेको छ।

त्यसैगरी नियो७ मा १२० हर्ज भेरियबल रिफ्रेस रेटको साथ ६.७८–इन्चको एलटीपीओ ओएलईडी प्यानल छ भने उक्त प्यानलले ६ हजार निट्स पिक ब्राइटनेस पुग्न सक्ने रियलमीले दावी गरेको छ।

स्मार्टफोनको क्यामराहरूमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८८२ मुख्य सेन्सर र ८ मेगापिक्सेलको अल्ट्रावाइड शूटर समावेश गरिएको बताइएको छ।

नियो७ को पूर्ववर्ती जीटी नियो६ लाई अन्तर्राष्ट्रिय रूपमा रियलमी जीटी६ को रूपमा लन्च गरिएको थियो। कम्पनीले नियो७ लाई पनि ग्लोबल स्टेजमा ल्याउँछ वा ल्याउदैन भनेर हेर्नको लागि पखिर्नु पर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...