फोल्डेबल आईफोन सन् २०२६ मा आउने अनुमान

Technology Khabar २ पुष २०८१, मंगलवार

काठमाडौं ।

ब्लूमबर्गका मार्क गर्मनले लामो समयदेखि चर्चामा रहेको एप्पल फोल्डेबल डिभाइसको अर्को रिपोर्ट सार्वजनिक गरेका छन्। एप्पलले “एक जायन्ट (विशाल) आईप्याड तयार गर्दैछ जुन साइड–बाई–साइड दुईओटा आईप्याड प्रोको जत्रो आकार हुनेछ” मार्क गुर्मनले उल्लेख गरेका छन्।

साथै यो डिभाइस हाल विकासमा रहेको र सन् २०२८ को आसपास बजार लन्चको लागि तालिका तय गरिएको उल्लेख छ।

एप्पलको फोल्डेबलको प्रारम्भिक प्रोटोटाइपहरू लगभग इनडिस्टिङ्गग्विसेबल स्क्रिन क्रिजको साथ हार्डवेयर फ्रन्टमा प्रगति भएको उल्लेख गरिएको छ। साथै एप्पलले स्क्रिन साइज पूर्ण रूपमा विस्तार गर्दा २० इन्चको हुने गरी सेट गरेको गर्मनले थप उल्लेख गरेका छन्। यद्यपि यस महिनाको सुरुमा लीक गरिएको एप्पल डिस्प्ले रोडम्याप अनुसार डिस्प्लेको वास्तविक साइज भने १८.८–इन्च हुन सक्ने उल्लेख छ।

त्यसैगरी यो डिभाइस माइक्रोसफ्टले आफ्नो सर्फेस नियोसँग गरेको परिकल्पना र लेनोभोको योगा बुक ९आई जस्तै समान हुने बताइएको छ। यद्यपि यसको मुख्य हार्डवेयर भिन्नता भनेको एप्पलले थप सहज अनुभवको लागि भनेर अगाडि नदेखिने हिञ्जहरूका साथ सिङ्गल, अनइन्टरप्टेड स्क्रिन राख्न चाहेको बताइएको छ जुन सन् २०२२ को थिंकप्याड एक्स१ फोल्ड जस्तो देखिने उल्लेख गरिएको छ।

एप्पलको पहिलो फोल्डेबल सम्भवतः आईप्याडओएस वा ओएसको थोरै परिमार्जित संस्करणको साथ लन्च हुने उल्लेख छ। एप्पलले आफ्नो फोल्डेबल आईप्याडको सबै काम गरिरहेको अवस्थामा गर्मनले फोल्डेबल आईफोनको लागि एप्पलको योजनाहरू पनि विस्तृत गरेका छन् जुन सन् २०२६ भन्दा अगाडि लन्च नहुने अपेक्षा गरिएको छ।

त्यसैगरी यस अघिका रिपोर्टहरूमा एप्पलले सामसङको ग्यालेक्सी जेड फ्लिप सिरिज जस्तै फ्लिप–शैलीको डिभाइस हेरिहेको भनि बताइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया